Open Khabar
inside Article Bleow Menu Single Page

गणतन्त्र अनैतिक, भ्रष्ट र ठगहरूको साधन बनेको छ : कमल थापा

काठमाडौं, १६ बैशाख । राप्रपाका अध्यक्ष कमल थापाले नेपालमा गणतन्त्र अनैतिक, भ्रष्ट र गठहरुको साधन बनेको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत थापाले यस्तो लेखेका छन् । उनले पछिल्लो समय कर्णाली, लुम्बिनी र गण्ठकी प्रदेश सरकार हटाउन र जोगाउन जे जस्ता अमर्यादित हर्कत भैरहेको पनि सुनाएका छन् । ती घट्नाले संघीय लोकतान्त्रिक गणतन्त्रलाइृ निर्वस्त्र तुल्याएको उनको भनाई छ । उनले नेपालमा संघीयता बोझमात्रै नभएर राजनीतिक विकृतिको भण्डार साबित भएको पनि टिप्पणी गरेका छन ।

Before Header

थापाले लेखेका छन्–‘कर्णाली,लुम्बिनी र गण्डकी प्रदेश सरकार हटाउन/जोगाउन जेजस्ता अमर्यादित हर्कत भैरहेका छन्,त्यसले संघिय लोकतान्त्रिक गणतन्त्रलाई निर्वस्त्र तुल्याएको छ।संघियता बोझ मात्र होईन,राजनीतिक विकृतिको भण्डार साबित भएको छ।गणतन्त्र अनैतिक,भ्रष्ट र ठगहरूको साधन बनेकोछ।पुनर्विचारगर्न ढिला नगरौं“

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.