Open Khabar
inside Article Bleow Menu Single Page

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज, सरकारलाई दिएको समर्थन फिर्ताको तयारी

काठमाडौं, नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज विहान ११ बजेका लागि तय भएको छ । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिइआएको समर्थन फिर्ता लिने वा केही समय पर्खनबारे टुंगो लगाउने भएको छ ।

माओवादी केन्द्रले कर्णालीमा एमालेबाट फ्लोर क्रसपछि उत्पन्न नयाँ परिस्थितिबारे पनि समिक्षा गर्न बैठक डाकेको बुझिएको छ । बैठकमा अध्यक्ष प्रचण्डले अबको रणनीतिबारे समेत छलफल गर्ने भएका छन् ।

Before Header

माओवादी भित्र तत्काल सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने टुंगो लागेपछि मात्र सरकारलाई दिइआएको समर्थत फिर्ता लिने या अहिले नै समर्थन फिर्ता लिई ओलीलाई विश्वासको मत लिन लगाउनेबारे अन्यौल कायमै छ । अध्यक्ष प्रचण्ड भने अविश्वासको प्रस्तावको पर्खाईमा छन् । उनी जतिसक्दो छिटो ओलीलाई सत्ताबाट हटाउन चाहन्छन् । समर्थन फिर्ता लिएमा ओलीलाई विश्वासको मत लिन ३० दिन समय रहन्छ । विश्वासको मत लिन नसकेको अवस्थामा पनि सरकार निर्माणमा ढिलाई भए ओली नै विकल्प नआएसम्म प्रधानमन्त्री पदमा रहनेछन् ।

यसैगरी, कर्णाली प्रदेशमा एमालेबाट फ्लोर क्रस भएपछि प्रचण्ड उत्साही भएका छन् । उनी काँग्रेस, माओवादी केन्द्र र एमालेको माधवकुमार नेपाल पक्षधरबीच समिकरण बनाएर भएपनि अगाडि बढ्ने तयारीमा जुटेका छन् ।

यसअघि आइतबार प्रधानमन्त्री ओलीले बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्र सहभागी भएको थिएन । प्रधानमन्त्रीको कार्यालयले सबैलाई जानकारी गराएको बताए पनि माओवादी केन्द्रले भने खबर नै नपाएको जनाएको थियो ।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.