Open Khabar
inside Article Bleow Menu Single Page

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बस्दै

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।
समसामयिक राजनीतिक विषयमा छलफलका लागि आजको बैठक बोलाईएको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको बैठक अहिले ११ बजेदेखि सुरु हुने भएको छ ।

बैठकमा संसद्को हिउँदे अधिवेशन, कोरोना महामारीको दोस्रो लहरले सिर्जना गरेको समस्यालगायत विषयमा छलफल हुने जनाईएको छ ।बैठकमा नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीलाई बोलाईएको स्रोतको दाबी छ ।

Before Header
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.