Open Khabar
inside Article Bleow Menu Single Page

सर्वोच्चको फैसलापछि प्रचण्ड–नेपाल पक्षले गरे कानुन व्यवसायीसँगआन्तरिक छलफल

फागुन २३, २०७७
 
Before Header
काठमाडौं – प्रचण्ड–नेपाल पक्षले आइतबार साँझ सर्वोच्च अदालतको फैसलापछि उत्पन्न राजनीतिक परिस्थितिको बारेमा कानुन व्यवसायीसँग आन्तरिक छलफल गरेको छ।
 
नेकपा संसदीय दलको बैठक हलमा भएको छलफलमा कानुन व्यवसायीहरुले सर्वोच्चको फैसलालाई अनपेक्षित भन्दै त्यसलाई राजनीतिक फैसला भएको बताएका छन्।
 
बैठकपछि पुर्वप्रधानमन्त्री तथा नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष प्रचण्डले फैसला अनपेक्षित भएको र कानुन व्यवसायीबाट पनि फैसला राजनीतिक खालको भएको कुरा आएको बताए। उनले सोमबारका लागि स्थायी समिति बैठक बोलाइएको र त्यसबारे थप निर्णय गरेर धारणा सार्वजनिक गरिने बताए।
 
संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले मुलुकलाई निकास दिन आफूहरू लाग्ने समेत बताएका छन्। त्यस्तै उनले अब केपी ओली सत्तामा रहन नसक्ने तर्क समेत गरे। उनले अब कसरी अघि बढ्ने बारेमा छिटै निष्कर्षमा पुगिने बताएका छन्। साथै उनले सरकारले ल्याएको अध्यादेशमा आफूहरूको असहमति रहेको पनि बताए। पूर्वप्रधानमन्त्री माधव नेपालले सर्वोच्चको निर्णयपछि केपी ओली प्रधानमन्त्री पदमा रहन नमिल्ने धारणा राखेका छन्।
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.