फागुन ११, २०७७

काठमाडौं – सर्वोच्च अदालतले मंगलबार संसद पुनर्स्थापना गर्ने आदेश सुनाएपछि नेकपाको प्रचण्ड–नेपाल समूहले लड्डु खाएर खुशीयाली मनाएको छ।
अदालतको आदेशबारे सूचना पाएलगत्तै नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले एकअर्कालाई लड्डु खुवाउदै प्रतिनिधिसभा पुनस्र्थापनाको खुसीयाली मनाएका हुन्।


प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते विघटन गरेको प्रतिनिधिसभालाई मंगलबार सर्वोच्च अदालतले पुनस्र्थापना गरेपछि प्रचण्ड–नेपाल समूह सबैभन्दा बढी खुशि भएको छ भने यो फैसलापछि आज जन्मदिन मनाइरहेका प्रधानमन्त्री ओली र राष्ट्रपति विद्या देवी भण्डारी भने सबैभन्दा बढी दुखित भएका छन्। चितवनमा रहेका प्रचण्ड र नेपालले सबैलाई खुशीयाली मनाउन अपीलसमेत गरेका छन्।
प्रतिनिधिसभा पुनस्र्थापना गर्दै सर्वोच्चले १३ दिनभित्र संसद बैठक बोलाउनसमेत आदेश जारी गरेको छ। प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको थियो। सत्तापक्षको नेतृत्व ओलीले गरेका थिए भने प्रतिनिधिसभा पुनस्र्थापना हुनुपर्ने माग राख्दै प्रचण्ड र नेपालले नेतृत्व गरेको समूह सडक संघर्षमा थियो।
