Open Khabar
inside Article Bleow Menu Single Page

केपी ओलीलाई प्रचण्डतिर, प्रचण्डलाई केपी ओलीतिर फर्काइदिन्छु: नेता गौतम

काठमाडौँ, १५ माघ । नेकपा विभाजनमा कतै नलागेका नेता वामदेव गौतमले पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका छन् । गौतमले दुई समूहमा बाँडिएका केपी शर्मा ओली र पुष्पकमल दाहाललाई ‘मिलाउने’ तागत आफूसँग रहेको दाबी गरेका छन् । १३ वर्षदेखि पार्टी एकताका लागि आफूले पहल गरे पनि विभाजन हुन तीन वर्ष पनि नलागेको भन्दै उनले दुखेसोसमेत गरेका छन् ।

‘हाम्रो पार्टीमा उत्तर र दक्षिणतिर दुईवटा हेर्डक्वार्टर थिए । उत्तरतिरको हेर्डक्वार्टरबाट निर्देशितहरू मकहाँ आउँछन् । हामीतिर आउनुप¥यो भन्छन् । दक्षिणतिरबाट पनि आउँछन् । माले हुँदा मसँग भएका साथीहरू आउँछन्, त्यस्तै कुरा गर्छन् । तर म कतै नलागी जुटाउनेतिर लागेको छु’, उनले बुधबार ललितपुरमा आयोजित अभियान घोषणा कार्यक्रममा भने, ‘प्रतिनिधिसभा पुनःस्थापना भइदिए हुन्थ्यो भन्ने छ । प्रतिनिधिसभा पुनःस्थापना भयो भने हामीलाई दुई वर्ष समय प्राप्त हुन्छ ।

Before Header

त्यो दुई वर्षमा दुवै समूहलाई म ल्याउँछु। केपी ओली कहिल्यै एकताको पक्षमा हुनुहुन्नथ्यो । म हुँदा प्रचण्डजी एकताको पक्षमा हो । अहिले उहाँहरू दुईतिर फर्कनु भएको छ । म जान्छु र केपी ओलीलाई प्रचण्डतिर फर्काइदिन्छु, प्रचण्डलाई केपी ओलीतिर फर्काइदिन्छु । त्यो तागत मसँग छ ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

 

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.