Open Khabar
inside Article Bleow Menu Single Page

नेपाल भ्रमणमा रहेको चिनियाँ उपमन्त्री गुओ येचौ, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता

काठमाडौं, १३ पुस। नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको प्रतिनिधि मण्डलले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेको छ । भेटवार्ताका लागि चिनियाँ टोली प्रचण्ड निवास खुमलटार पुगेको छ ।

भेटमा नेकपाको विभाजन, संसद विघटन लगायतका समसामयिक विषयमा कुराकानी भएको बुझिएको छ ।आइतबार नेपाल आएको चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि अलग–अलग भेटवार्ता गरेको थियो ।सो टोलीले आज नेकपाका अर्का अध्यक्ष माधव कुमार नेपालसँग पनि भेटवार्ता बताइएको छ ।

Before Header
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.