Open Khabar
Before Header

नेकपा सचिवालय बैठकमा सांगठनिक एकताबारे छलफल भएपनि निष्कर्ष विना नै टुंगियो–प्रवक्ता श्रेष्ठ

सोहन राई
असोज २०, २०७७
Before Header
 
काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकमा सांगठनिक एकताबारे छलफल भएपनि निष्कर्ष विना नै टुंगिएको छ।

 

आज अपरान्ह बालुवाटारमा बसेको बैठकमा विभिन्न विषयमा छलफल भए पनि निर्णय भने नभएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। मङ्गलबारकाे बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल हुने भनिएपनि त्यसबारे कुराकानी नै नभएको प्रवक्ता श्रेष्ठको भनाइ छ।
 
बैठकमा सांगठनीक एकीकरणका बाँकी काम पूरा गर्नेबारे, संगठन विभागको संगठानात्मक कार्ययोजनासम्बन्धी प्रस्ताव, संवैधानिक नियुक्तिका लगायतका एजेण्डामा सामान्य छलफल भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए। ‘आजको बैठकमा यसबारे कुनै छलफल भएन्। यसबारे बैठकमा प्रधानमन्त्रीले कुनै जानकारी गराउनु भएन्,’ श्रेष्ठले भने।

 

 
गत सचिवालय बैठकमा मन्त्रिपरिषद्बारे सैद्धान्तिक छलफल भएको र यसबारे अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहकार्य गरिरहेको उनले बताए। यस्तै, नेकपाको सचिवालय बैठकलेले अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीलाई अनशन अन्त्य गर्न आग्रह गरेको छ। कोरोना भाइरसको सङ्क्रमणसँग जुध्नुपर्ने समयमा तत्कालका लागि अनशन अन्त्य गर्न नेकपाले आग्रह गरेको हो।
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.