Open Khabar
inside Article Bleow Menu Single Page

सन्यास लिएर आनन्दले बस्न योगेश भट्टराईको माधव नेपाललाई सुझाव

INside Content

काठमाडौँ। नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई राजनीतिबाट सन्यास लिएर बस्न सुझाव दिएका छन् ।

आइतवार प्रतिनिधिसभाको बैठकपछि उनले पत्रकारहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले माधवकुमार नेपाल राजनीति र जीवन दुवैको उत्तरार्धमा रहेकाले सन्यास लिन सुझाव दिएका हुन् ।

Before Header

नेता भट्टराईले राजनीतिबाट सन्यास लिने बेलामा अर्को पार्टी बनाउँदै हिँड्नुको कुनै तुक नभएको र आफूले गरेका गल्तीहरूलाई सुधारेर नयाँ पुस्तालाई राजनीति र मुलुक सुम्पेर आनन्दले बस्न पनि अध्यक्ष नेपाललाई सुझाव दिए ।

‘उहाँ अवकाश लिने बेलामा अर्को पार्टी बनाउँछु भनेर धूलो उडाउँदै हिँड्नुभएको छ, त्यो असम्भव कुरा हो, माधव नेपाल सन्यासी भएर बस्ने हो, मुख छोडेर बस्ने होइन,’ उनले भने ।

अध्यक्ष नेपालले यसअघि एक भाषणमा ‘दश भाइ’ एमालेका दास भएको र उनीहरूले एकीकृत समाजवादीको खेदो खनेको बताएका थिए । त्यसबारे पत्रकारले सोधेको प्रश्नमा भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन् ।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.