
काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० ले स्थानीय तह अन्र्तगतको चुनावमा राज्य शक्तिको व्यापक रुपमा दुरुपयोग भएको निष्कर्ष निकालेको छ ।
त्यसका कारण आफ्नो दलले वैशाख ३० को चुनावमा कमजोर प्रदर्शन गरेको लोसपाको निष्कर्ष छ ।
आज बसेको लोसपाको कार्यकारिणी समितिको बैठकले सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनमा व्यापक रुपमा राज्य शक्तिको दुरुपयोग गरेको निष्कर्ष निकालेको समिति सदस्य केशव झाले जानकारी दिए ।



नयाँ दलको रुपमा पहिलो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका कारण प्रचार प्रसारका लागि कम समय भएको कारण अपेक्षाकृत सफलता हात नपारेको उसको निष्कर्ष छ ।
