Open Khabar
inside Article Bleow Menu Single Page

गायक सन्तोष केसीको साली भेना गीत सार्वजनिक भएको छ 


गैंडाकोट ११ गायक सन्तोष केसीको साली भेना गीत सार्वजनिक भएको

गैंडाकोट ११ बैशाख 

Before Header

हरि सुवेदी

नेपाली गीत संगितमा विगत २ दशकदेखि सबै बिधाको गीत गाउन माहिर लोक गायक सन्तोष केसीको साली भेना गीत सार्वजनिक भएको छ । केसीले आफ्नै सालीलाई फकाउन पर्दैन भन्दै सालीलाई गीत मार्फत फकाउदै साली भेना गीत लिएर आएका हुन । 

सन्तोष केसी र अन्जु पन्तको आवाजमा पञ्चेबाजाको गीत सार्वजनिक भएको हो । लगनको महिना संगै पञ्चेवाजको गीत सार्वजनिक गरिएको गायक केसीले बताउनुभयो । साली भेनाको ठट्यौली पाराको गीत रहेको पनि उहाँले बताउनुभयो । गीतमा लय शब्द गायक केसीकै रहेको छ ।

गीतमा अभिनय निता ढुंगाना नम्रता सापकोटा, अनु शाह, बिमल अधिकारी, बिक्रम बुढाथोकी, रमेश केसी, काजी सुन्दास, मनिसा पोख्रेलको रहेको छ भने कोरस भोकल राजेन्द्र कँडेल, पुरुसोतम पौडेल, स्मृति शाही र पुष्पा बोहराको रहेको छ । यस्तै एरेन्ज विश्वास नेपालको रहेको छ भने गित मिक्सीङ कुमार रानाको रहेको छ । छायाङ्कन राजेश घिमिरे र गीतको निर्देशकमा कान्ति केसी रहनुभएको छ । 

मारुती डिजीटलमा गित रेकर्ड गरिएको हो । सन्तोष केसी नामको यूट्यूब च्यानलबाट शनिबार सार्वजनिक गरिएको हो । भने भिडियो एस एस डिजीटलबाट सार्वजनिक गरिएको हो । 

नेपाली गीत संगितमा विगत २ दशकदेखि गायन क्षेत्रमा रमाईरहेका केसी लोकगीत, आधुनिक गीत, तिजका गीत, रोईला लगायतका गीत गाउने गरेका छन । उहाँका सबै गीत श्रोता दर्शकका रोजाईका गीत बन्न सफल भएका छन ।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.