Open Khabar
inside Article Bleow Menu Single Page

काजोलले यसकारण गोविन्दासँग काम नगर्ने

एजेन्सी। बलिउड अभिनेत्री काजोलले आफ्नो फिल्मी करिअरमा धेरै कलाकारसँग काम गरेकी छिन् । तर काजोलले आजसम्म गोविन्दासँग काम गरेकी छैनन् । भर्खरै मात्र एक अन्र्तवार्तामा गोविन्दासँग काम नगर्नुको कारण खुलाशा गरेकी हुन् ।

गोविन्दासँग काम किन नगरेको प्रश्नमा उनले जंगली नामको एक फिल्म शुरु गरेको बताइन् । फिल्मलाई निर्देशक राहुल रवैलले निर्माण गरेका थिए । उक्त फिल्मको लागि फोटोशुट पनि भएको तर पछि काम शुरु हुनुभन्दा पहिला नै बन्द भएको काजोलले खुलाशा गरीन् । कार्यक्रममा बोल्दै काजोलले गोविन्दासँग फोटोशुट बाहेक फिल्मको लागि कुनै शुटिङ नभएको बताइन् । उनले सँगै काम नगरेपनि गोविन्दा राम्रो अभिनेता भएको बताइन् । उनले भनिन्, ‘मानिसलाई हसाउने धेरै मुस्किल काम हो तर, गोविन्दाले सजिलै मानिसहरुलाई हसाउन सक्छन् ।’

Before Header

भविष्यमा गोविन्दासँग काम गर्ने विषयमा उनले राम्रो समय आएमा सँगै काम गर्न सकिने बताइन् । काजोल हालैमात्र रिलिज भएको फिल्म ‘त्रिभंगा’मा देखिएकी छिन् । उनले उक्त फिल्ममा अनुराधा आप्टेको भुमिका निभाएकी थिइन् । फिल्मको निर्माता अजय देवगन हुन् ।

 

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.