Open Khabar
inside Article Bleow Menu Single Page

अब टिकटकमा प्रश्न–उत्तर फिचर सार्वजनिक , महत्वपूर्ण हिस्सा बन्ने विश्वास

माघ ८, २०७७
 
Before Header
भिडियो एप टिकटक विश्वव्यापी रुपमै चर्चित र लोकप्रिय बन्दै आइरहेको छ। पछिल्लो समय टिकटकको यो लोकप्रियता र प्रयोगकर्ता बढेसँगै टिकटकले आफ्ना प्रयोगकर्ताको लागि नयाँ फिचर सार्वजनिक गर्ने भएको छ।
 
इन्ग्याजेटका अनुसार टिकटकले एपमा प्रश्न–उत्तर फिचर सुरु गरेको हो। जसमार्फत् प्रयोगकर्ताहरुले आफ्ना फ्यानका प्रश्नहरुको जवाफ दिन सक्नेछन्। यो फिचर पाउन प्रयोगकर्ताले एपको सेटिङमा गएर अनुमति लिनुपर्ने हुन्छ।
फिचरको सुविधा पाएपछि प्रयोगकर्ताले प्रश्न–उत्तर सेसन संचालन गर्न सक्छन्।
 
यसलगतै फलोअर्सले भिडियोमा दुईवटा आइकन देख्नेछन्। यसबाट सिर्जनाकर्ताको प्रोफाइलमा गएर वा भिडियोको कमेन्ट सेक्सनमार्फत् आफ्ना प्रश्नहरु राख्न सक्छन्। यसैगरी आफ्ना फलोअर्सले सोधेका प्रश्नहरुको जवाफ भिडियो बनाएर वा मेसेज गरेर दिन सकिन्छ। प्रयोगकर्ताले सबै प्रश्नहरु सजिलै देख्न सक्ने हुँदा यो सुविधाले प्रश्न–उत्तर प्रक्रियालाई सरल बनाएको बताइएको छ।
 
यो फिचर टिकटकको ‘लाइभ स्ट्रीमिंग’ मा पनि काम गर्ने इन्ग्याजेटले उल्लेख गरेको छ। कम्पनीको अनुसार दश हजार फलोअर्स भएका टिकटक प्रयोगकर्ताले मात्र प्रश्न–उत्तर फिचरको पहुँच पाउने छन्। टिकटकले यो फिचर अर्को साता सार्वजनिक गर्ने बताएको छ। प्रश्न–उत्तर फिचर सबै सामाजिक प्लेटफर्ममा प्रयोग हुने गर्छ। टिकटक प्रयोगकर्ताहरु प्राय आफ्ना फ्यानसँग अन्तिर्किया गर्दै भिडियो बनाउने भएकोले यो फिचरले एपको महत्वपूर्ण हिस्सा बन्ने विश्वास लिइएको छ।
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.