Open Khabar
inside Article Bleow Menu Single Page

कुमार आचार्यको निर्देशनमा ‘सम्बन्ध’ को ट्रेलर सार्वजनिक

काठमाडौँ – कुमार आचार्यको निर्देशनमा तयार भएको टेलिसिरियल ‘सम्बन्ध’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा एउटा परिवारभित्रको मिलन, द्वन्द्व, तिरस्कार, मायाप्रेम लगायतका विषयलाई देखाइएको छ । पारिवारिक टेलिफिल्ममा शिशिर राणा, हर्षिका श्रेष्ठ, सपना श्रेष्ठ, पुष्कर राउत, श्रेया दुलाल, प्रदिप गिरी, अस्मिता जुरेली, सुरेश क्षेत्री, उग्रसेन ढुंगाना, बिन्दिया शाही, सरोज दाहाल, रविन्द्र अधिकारी, अञ्जना श्रेष्ठ र बिनिशा सेवाको अभिनय छ ।

Before Header

काठमाडौंका विभिन्न स्थानमा छायांकन गरिएको यो टेलिफिल्ममा रामेश्वर हुमागाईंको छायांकन, विकास चौधरीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, नवीन पन्तको गीत रहेको छ । नवीन पन्तको लेखन, उषा मलह (सिम्रन) को स्वर र गौतमराज खड्काको सम्पादन रहेको छ ।

करुणा आचार्य प्रस्तुतकर्ता रहेको टेलिसिरियलमा सरला भण्डारी र अञ्जना श्रेष्ठ निर्माता, गीता आचार्य कार्यकारी निर्माता रहेका छन् । टेलिसिरियलका सहायक निर्देशक कल्याण अधिकारी हुन् । निर्देशक कुमारका अनुसार टेलिसिरियल आगामी माघ ३ गते शनिबार नौ बजे प्राइम टाइम्स एचडीबाट प्रसारण हुनेछ । ट्रेलर रेड बर्डको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । टेलिसिरियलको पोस्ट प्रोडक्सन मोसन स्टुडियोमा गरिएको हो ।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.