Open Khabar
inside Article Bleow Menu Single Page

‘पारा तात्या छ’ गितबाट गोपाल ढकाल ‘छन्दे’को म्युजिक भिडियोमा कमब्याक

INside Content
बाबुल गिरीको संगीतमा गायकद्वय सुवास श्रेष्ठ र कृष्ण भट्टराईको स्वरमा रहेको गीत ‘पारा तात्या छ’को भिडियो रिलिज भएको छ । सागर लम्साल ‘बले’, गोपाल ढकाल ‘छन्दे’, श्रीदेव भट्टराई, समारिका ढकाल र स्मारिका ढकालको अभिनय रहेको भिडियोका निर्देशक सुब्रत आचार्य हुन् । गायक श्रेष्ठले यो गीत ‘क्लब डान्स’ स्टाईलको रहेको बताए । यस गीतमा तीन साथीहरुको मस्तीको सपनालाई प्रस्तुत गरेको निर्देशक आचार्यले बताए । यस गीतको रचना डिपि खनालले गरेका हुन् भने संगीतकार गिरीले गीतमा र्याप दिएका छन् । जया शर्मा क्रियटिभ निर्देशक तथा निम बाबु तामांगको कोरियोग्राफी रहेको यस भिडियोका छायाँकार उत्सव दाहाल हुन् भने सम्पादक बिकास दाहाल हुन् । हरि ठकुरी र भिमा श्रेष्ठ ‘भावना’ निर्माता रहेको म्युजिक भिडियोमा दिपेन गौतम ‘माइकल’को प्रडक्शन डिजाईन रहेको छ भने केशव पाण्डेले स्टिल फोटोग्राफी गरेका छन् । म्युजिक भिडियोमा कमब्याक गरेका हास्री कलाकार गोपाल ढकाल ‘छन्दे’ले गितले राम्रो प्रतिक्रिया पाएको बताएका छ्न् ।
https://www.youtube.com/watch?v=EBfWVIcOTJ4
Before Header
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.