Open Khabar
Before Header

बिनय कार्कीको ‘मायामा फसेकी म’ को सफलतापछि प्रबिशा अधिकारिसँग ‘तिम्रो लागि’ सार्वजनिक(भिडीयो)

बिनय कार्की र प्रबिशा अधिकारिको ‘तिम्रो लागि’ सार्वजनिक

सोहन राई
असोज १८, २०७७
Before Header
 
काठमाडौं – बहु प्रतिभाशाली चर्चित गायक बिनय कार्कीको नयाँ गीत ‘तिम्रो लागि’ सार्वजनिक भएको छ। पछिल्लोपटक रिलिज भएको सुपरहिट गीत ‘मायामा फँसे कि म‘ ले व्यापक सफलता बटुलेसँगै हालै नयाँ गीत ‘तिम्रो लागि’ पनि सार्वजनिक भएको छ।

 

 

नेपाली साङ्गीतिक क्षेत्रमा डेढ दशक बिताइसकेका गायक, सङ्गीतकार तथा सङ्गीत संयोजक बिनय कार्कीको यसअघिका सबै गीतहरु उत्कृष्ट रहेका छन्। कार्कीले आफ्नो एल्बममा भन्दा बढी अन्यमा स्वर, संगीत र संयोजन गरिसकेका छन्। त्यस्तै, नेपालकै चर्चित रियालिटी शो भ्वाइस अफ नेपाल सिजन २ मा पनि उनले सहभागिता जनाएर निकै चर्चा कमाउन सफल भएका छन्।

 

 

हेटौडा घर भएका कार्कीले यस साङ्गीतिक क्षेत्रमा निकै संघर्ष गर्दै योगदान दिदै आएका छन्। उनले सबै विधाका गीत संगीत गाउने र संगीत संयोजन गर्ने भएकाले उनलाई बहु प्रतिभाशाली कलाकार भनेर चिनिन्छ। गएको शुक्रबार मात्रै उनले अर्की एक लोकप्रिय उत्कृष्ट आधुनिक गायिका प्रबिशा अधिकारिसँग माया प्रेम सम्बन्धि ‘तिम्रो लागि’ बोलको निकै मिठो गीत सार्वजनिक गरेका छन्। गायिका प्रबिशाले पनि विगत १ दशकभन्दा बढी देखि यस नेपाली साङ्गीतिक क्षेत्रलाई निरन्तर उत्कृष्ट सुपरहिट गीतहरु दिदै आइरहेकी छिन्।

 

 

यस गीतमा रोसेल थापाको शब्द, सङ्गीत रहेको छ भने सङ्गीत सम्योजक बिनय स्वयमकै रहेको छ। चर्चित नायक आकाश श्रेष्ठ र चर्चित कलाकार मेलिना ठकुरीलाई यस गीतको भिडियोमा फिचरिङ गरिएको छ। यस गीतका शब्द, संगीतकार थापाले नै भिडियो निर्देशन गरेका छन् भने रोहित बसनेतले कोरियोग्राफी गरेका छन्। त्यस्तै, विरेन्द्र भट्टले भिडियोको छायाँकन गरेका छन् भने अनिल राणाले सम्पादन गरेका छन्।

( भिडियो हेर्नुहोस )

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.