सोहन राई
असोज १७, २०७७

काठमाडौं – नेपाली हास्य टेलिफिल्म ‘घामड दुनीया’ को आज सुभारम्भ गरिएको छ। रमाइलो सिनेप्लेक्स को प्रस्तुतिमा निर्मित हास्य टेलिफिल्म ‘घामड दुनीया’ को आज बिहान इच्छा राम कार्कीको प्रमुख आतिथ्य शुभ मुहुर्त कार्यक्रम सम्पन्न भएको छ।

नेपालको समसामयिक विषयमा आधारित उक्त हास्य टेलिफिल्म पूर्ण रुपमा पारिवारिक रहेको निर्माता रेसिका ढकालले बताएका छन्। यस टेलिफिल्मका निर्माता ढकालसँगै कार्यकारी निर्माता कृष्ण कार्की रहेका छन्। बिमल काफले र मौसम बिक्रम शाहीको कथा र निर्देशनमा निर्माण हुने यस हास्य टेलिफिल्मलाई पारस खड्काले छायांकन गर्नुका साथै सम्पादन पनि गर्नेछन्।



काठमाडौंको तारकेश्वर नगरपालिकास्थित पैयाटारमा यस हास्य टेलिफिल्मको छायांकन गरिने भएको छ। यस पारिवारिक तथा हास्य टेलिफिल्ममा रमेश ढकाल, बिमल काफले, मौसम बिक्रम शाही, मोहन कृष्ण अधिकारी, शिवहरी रिजाल, बर्षा बि सी, सूसीला श्रेष्ठ, सरोज सुनदास, डिलाराम सापकोटा साथमा बाल कलाकार रप्सन ढकालको अभिनय रहेको छ। त्यस्तै, यस टिमका मिडिया पार्टनरको रुपमा ओपन खबर डट कम रहेको छ।

