Open Khabar
inside Article Bleow Menu Single Page

अष्ट्रेलिया पुगेका नेपालीको कथामा बन्दै ‘डलर एयूडी’

INside Content

काठमाडौँ । देवकुमार श्रेष्ठको निर्देशनमा बन्ने फिल्म ‘डलर एयूडी’ को बिहीबार आयोजित एक कार्यक्रमकाबीच घोषणा गरिएको छ । अष्ट्रेलियामा बसेर पैसा कमाउन नेपालीले गर्ने संघर्षको कथालाई उठाइने फिल्मलाई सन्तोष अधिकारीले निर्माण गर्नेछन् । अष्ट्रेलियामा नै छायांकन हुने फिल्ममा अभिनेता अर्पण थापा, अभिनेत्री मेनुका प्रधान र निर्माता अधिकारीको मुख्य भूमिका रहनेछ ।

‘म्यारिज प्रपोजल’, ‘लुक ब्याक इन एंगर’, ‘कोही किन बर्बाद होस्’, ‘पूर्णिमा’, ‘आजै थालौँ’ लगायत कयौं सफल नाटकका निर्देशक चे शंकरले फिल्मको पटकथा लेखेका हुन् । केही दिनमा कार्यशाला सुरु गरेर असार अन्तिमबाट छायांकन थालनी गर्ने निर्देशक श्रेष्ठले जानकारी दिए । फिल्ममा रायको सिनेमाटोग्राफी, मनोरञ्जन श्रेष्ठको सम्पादन,अजय कुमार अधिकारीको गीत , सुरेश राई र सन्तोष मिश्रको संगीत रहने छ ।

Before Header
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.