Open Khabar
inside Article Bleow Menu Single Page

पति जेरार्डसँगको सम्बन्ध टुंग्याउँदै शाकिरा

INside Content

काठमाडौँ । कोलम्बियाकी प्रख्यात पप गायिका शाकिराले पति तथा स्पेनका दिग्गज फुटबलर जेरार्ड पिकेसँगको सम्बन्धलाई टुंग्याउने भएकी छन्।

पिकेको अर्की एक महिलासँग सम्बन्ध रहेको थाहा पाएपछि उनले आफूलाई धोका दिएको भन्दै अलग्गिने निर्णय लिएकी हुन्।

Before Header

शाकिरा र पिके दक्षिण अफ्रिकामा सन् २०१० मा भएको विश्वकपपछि नजिकिएका थिए। त्यो समयको चर्चित फुटबल गीत ‘वाका–वाका’मा उनीहरूसँगै देखिएका थिए।

पिके हाल बार्सिलोनाको केल मुन्टानेरमा एक्लै बस्दै आएका छन्। पिकेका छिमेकीहरूले कैयौं पटक उनीहरूलाई एकाघरमा आउजाउ गरिरहेको देखेका छन्।

छिमेकीहरूका अनुसार पिके उनी बार्सिलोनाको रात्री जीवनमा रमाइरहेका छन्। पिके र शाकिराबीच १० वर्षको उमेर अन्तर छ। उनीहरुका दुई सन्तान छन्।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.