Open Khabar
Before Header

‘मायामा फँसे कि म‘ भन्दै नँया अवतारमा बिनय १ उत्कृष्ठ टिकटक बनाउनेलाई ११ हजार १ सय ११ पुरुस्कार

११ हजार १ सय ११ पुरुस्कार

 

 

सोहन राई

काठमाडौं  साङ्गीतिक क्षेत्रमा डेढ दशक बिताइसकेका गायक, सङ्गीतकार तथा सङ्गीत संयोजक बिनय कार्कीको धेरै पछि एउटा आशा लाग्दो गीत ‘मायामा फँसे कि म‘’ सार्बजनिक भयको छ । रियालिटी शो भ्वाइस अफ नेपाल सिजन २ मा ‘भुमो’ गीतबाट निकै भाइरल भएर चर्चा कमाउन सफल बिनयले ‘मायामा’ बोलको गीत सार्बजनिक गरेर अझ धेरै श्रोता दर्शकहरुको माया पाउने आशा राखेको बताउछन । बिनयलाई यो गीतमा लोकप्रिय गायिका मेलिना राईले साथ दिएकी छन् । ‘मैले सधैँ जसो गाइरहेको गीतमा भन्दा केही फरक गीत आएको छ । यो गीतलाई पनि सबैले माया गरिदिनु हुन्छ भन्ने विश्वास लिएकी छु’ मेलिना राईले भनिन् ।

माया प्रेममा रहेर बनाइएको गीतमा सबिन लामाको शब्द रहेको छ भने सङ्गीत बिनय स्वयमकै रहेको छ । गीतमा सङ्गीत सम्योजक भने शेलेन्द्र प्रधान बाबुको रहेको छ । गीतको भिडियोमा गायक बिनय र अलिशा शर्मालाई फिचरिङ गरिएको छ । आशिस रानाको कोरियोग्राफर र निर्देशन रहेको गीतको भिडियोलाई पवन सुस्लिङ्गले छायाँकन तथा सम्पादन गरेका छन् । सार्वजनिक गीतको टिकटक प्रतियोगीता पनि रहेको छ । टिकटकको नजिता भने भाद्र १४ गते सार्बजनिक गरिने बताइएको छ । भाद्र १५ गते गायक बिनय कार्कीको जन्मदिनको अवसरमा बिजेतालाई उपहार र नगद ११ हजार १ सय ११ हस्तान्तरण गरिने भएको छ ।

भिडियोको लागि लिङक किलिक गर्नुहाला

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.