Open Khabar
inside Article Bleow Menu Single Page

जुकिनी फर्सी अर्थात स्क्वासको खेती गर्ने तरिकाबारे जानौ

स्क्वास कुन तरकारी बाली समूह अन्तर्गत पर्ने तरकारी वाली हो?
स्क्वास फर्सी बाली वा लहरे बाली समूह अन्तर्गत पर्ने एक अगौटे तरकारी बालीहो। नेपालमा जुकिनी समूहका जातहरुको खेती गरिने भएकोले यसलाई जुकिनी स्क्वास वा जुकिनी फर्सी पनि भन्ने चलन छ।
-स्क्वास फर्सीको विशेषता के हो ?
यसको बोट होचो हुन्छ, फल पनि सानो हुन्छ र लहरा जाँदैन। यसको बढ्ने एउटै मात्र मुण्टा हुन्छ। कलिलो फल मात्र तरकारीको रुपमा खाने गरिन्छ। यसको बेमौसमी खेती गरी कृषकहरुले आर्थिक लाभ लिइरहेका छन्।
– यो बाली कस्तो किसिमको हावापानीमा राम्ररी फस्टाउँछ ?
यो न्यानो तथा गर्मी मौसमको बाली हो। मुख्य रुपमा बसन्त र ग्रीष्म ऋतुमा यसको खेती गरिन्छ। स्क्वासका लागि न्यूनतम १० देखि ३० डिग्री सेन्टिग्रेडको तापक्रम बोटको वृद्धि र फल लाग्नको निमित्त राम्रो हुन्छ। यसले तुषारो खप्न सक्तैन।छोटो दिन र केहि कम तापक्रममा पोथी फूल बढी आउँछ। बढी तापक्रम भएमा भाले फूलको प्रधानता रहन्छ।
– यसलाई कस्तो किसिमको माटो उपयुक्त हुन्छ ?
निकासको राम्रो व्यवस्था र पि.एच. मान ५.५ देखि ६.५ भएको मलिलो हल्का बलौटे देखि दुमट माटोमा स्क्वास खेती गर्न सकिन्छ। अम्लिय माटोमा बाली राम्रो हुँदैन। माटोको पि.एच. मान ५.५ भन्दा कम भएमा प्रति रोपनी १० देखि १५ के.जी. कृषि चुन जमिनको अन्तिम तयारी गर्दानै माटोमा मिसाउनु पर्दछ।
– नेपालमा पाइने स्थानिय जातहरुमा कुन जात सबैभन्दा प्रचलित छ र किन ?
नेपालमा पाईने असारे स्क्वास जात सबैभन्दा प्रचलित जात हो। यो २०५१ सालमा उन्मोचन गरेको जात हो। यसलाई जुकिनी ग्रे कोट भनिन्छ। यो जात तराई मध्य पहाड र उच्च पहाडमा खेती गर्न सिफारिस गरिएको छ।
– स्क्वासका अन्य जातहरु कुन–कुन हुन्?
स्क्वासका अन्य जातहरुमा ब्ल्याक जुकिनी, ब्ल्याक ब्यूटी छन् भने वर्णसंकर जातहरुमा अन्ना १०१, अन्ना २०२, अन्ना ३०३, टुंग्रीन,लङ्ग ग्रीन, सोन्डो भी, हनि डेजर्ट, दाभिन्च आदि छन्।
-स्क्वास रोप्ने जमीन कसरी तयार गरिन्छ ?
स्क्वासको जरा गहिरो जाने हुँदा जमिन पनि निकै गहिरो जोत्नु पर्छ। जमिनलाई २–३ पटक राम्रोसँग खनजोत गरी माटो खुकुलो तथा बुर्बुराउँदो बनाउनु पर्छ। जमिन तयार गर्दा १.५ मिटर चौडा डयाङ्ग र दुई डयाङ्गको बीचमा २५ सेन्टिमिटर चौडा र १५ सेन्टिमिटर गहिरो कुलेसो बनाउनु पर्दछ।
– स्क्वासको बीउ सोझै खेतमा रोप्न सकिन्छ तर आजकल किन प्लाष्टिक थैलामा पनि उमारिन्छ ?
स्क्वासको छिटो उत्पादन लिन काँक्रो र करेलामा जस्तै प्लाष्टिक थैलामा बिरुवा उमारेर मुख्य खेत बारीमा सार्ने चलन छ किन की यसबाट थोरै जमीनमा नर्सरीको रुपमा बिरुवा हुर्काईन्छ र मुख्य खेतवारीमा सारिन्छ जस्ले गर्दा उत्पादन पनि चाँडै लिन सकिन्छ।
– स्क्वास खेती गर्दा मलखादको ब्यवस्थापन कसरी गरिन्छ ?
एक रोपनी जग्गाको लागि १ देखि १.५ मे.टन गोबरमल, ७.५ के.जी. यूरिया,७.५ के.जी. डि. ए.पी.,५ के.जी. पोटास मलको आवश्यकता पर्दछ।
– स्क्वासको बेर्ना कसरी रोपिन्छ?
हारबाट हारको दूरी १०० से.मि. र बोट देखि बोटको दुरी पनि १०० से.मि. हुने गरी मलखाद भरेर तयार गरिएको ३० X ३० X ३० से.मि. को खाड्लमा जरा नखलबलिने गरी माटोको ढिक्का सहितको बेर्ना खाड्लमा रोप्नु पर्दछ।
– मौसम अनुसार सिंचाई तथा निकासको व्यवस्था कस्तो हुनु जरुरी छ ?
स्क्वास डयाङ्गमा लगाईने बाली भएकोले कुलेसोमा पानी लगाएर सिचाई गरिन्छ। सिँचाईपछि र पानी परेपछि कुलेसोमा जमेको बढी पानीको तुरुन्तै निकास गर्नु पर्दछ, नत्र जरा कुहिन्छ।यो सुख्खा मौसमको बाली भएकोले ४ देखि ५ दिनको फरकमा १० पटकसम्म पनि सिँचाई दिनु पर्दछ।
– स्क्वासमा सुक्ष्म तत्वको प्रयोग कसरी गरिन्छ?
स्क्वासमा बिभिन्न सुक्ष्मतत्व खास गरेर क्याल्सियमको कमि देखा पर्दछ। मल्टिप्लेक्स वा एग्रोमिन ३ एम. एल. प्रतिलिटर पानीका दरले मिसाई छर्दा राम्रो उत्पादन भएको पाइएको छ।
– स्क्वास बालीमा रोपाई पछिको हेरचाह कसरी गरिन्छ?
विरुवा ६/७ पाते भएपछि र फूल आउन थालेपछि २ पटक गोडाई गरेर युरिया मलले टपड्रेस गर्नुपर्छ। फल लाग्न थाल्नुभन्दा केही दिनअघि बोटका वरिपरि पराल ओछ्याई दिए फल सोझै माटो तथा हिलोको संसर्गमा आउँदैन र फल कम कुहिन्छ।
– स्क्वास बालीमा लाग्ने मुख्य कीराहरु कुन कुन हुन्?
स्क्वास बालीमा लाग्ने मुख्य कीराहरुमा फलको औंसा र रातो खपटे कीरा हुन्।
– स्क्वास बालीमा लाग्ने फलको औंसाको नियन्त्रण कसरी गर्न सकिन्छ ?
फलको औंसाको पोथी झिँगाको तिखो फूल पार्ने अँगले कलिलो फललाई छेडेर फूल पार्दछ। पछि फूलबाट औँसाहरु निस्केर फल कुहाउँछन्।फलको औंसाको नियन्त्रण गर्न क्यूलिएर नामक फेरोमन ट्रयापको पासो थापिन्छ जसमा भाले आकर्षित हुने क्यूलिएर ४ थोपा र मालाथायन वा नुभान ५–७ थोपा राखी बनाएको फेरोमन पासो १–२ फिट उचाईमा झुण्डाएर राखिन्छ। यसले गर्दा फल कुहाउने झिंगाको भाले कीराट्रयापमा परि मर्दछ र फलस्वरुप कीराको प्रजनन क्रिया हुन नसकी कीराको संख्या घट्दछ।
– स्क्वास बालीमा लाग्ने रातो खपटे कीराको नियन्त्रण कसरी गर्न सकिन्छ ?
रातो खपटे कीराले कलिला पातको तल्लो सतहको हरियो भाग कोत्रेर खान्छन् र पातका नसाहरु देखिन्छन्। यस कीरालाई नियन्त्रण गर्न बेर्ना सार्ने वेलामा मालाथियन ५ प्रतिशतको धुलो १ किलोग्राम प्रतिरोपनीका दरले माटोमा छर्नुका साथै बिरुवामा प्रकोप देखिएको अवस्थामाउक्त विषादि २ मि.लि. प्रति लिटर पानीमा मिसाई बिरुवामा छर्नु पर्दछ।
– स्क्वास बालीका मुख्य रोगहरु कुन कुन हुन् ?
स्क्वास बालीमा लाग्ने मुख्य रोगहरुमा पाउडरी मिल्ड्यू र डाउनी मिल्ड्यू हुन
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.