धान नेपालको पहिलो प्रमुख खाद्यान्न बाली हो । नेपालको तराईका सम्पूर्ण
जिल्लाहरु र मध्य पहाडी जिल्लाका बेसीहरुमा धान खेती गरिन्छ । परम्परागत
पद्घतिअनुसार २—३ पटक हलगोरु वा ट्याक्टरले जोति हिल्याएर पाटा लगाएको
खेतमा नर्सरी व्याडमा तयार पारेको बेर्ना रोपिन्छ । जसले गर्दा परम्परागत
पद्धतिमा बढी ज्यामी लाग्छ र कुल उत्पादन खर्च पनि बढी छ । परम्परागत
पद्धतिमा भन्दा छरुवा पद्धतिमा उल्लेख्य मात्रामा कृषि ज्यामी कम लाग्ने र बाली
स्थापना गर्न लाग्ने खर्च पनि कम हुने हुँदा छरुवा धान खेती पद्धति आर्कषक
प्रविधिको रुपमा कृषकहरु माझ आईरहेको छ । पछिल्ला वर्षहरुमा वैदेशिक
रोजगारी एवं अन्य रोजगारीका कारण कृषि ज्यामीको खाँचो अत्यन्तै टड्कारो
रुपमा देखा परेको हुँदा छरुवा धान खेती तर्फ कृषकहरु अझै आकर्षित हुँदै
गईरहेका छन् । यदि धान छर्ने मेसिन भाडामा गाँउघरमा सजिलै उपलव्ध हुने
हो भने छरुवा धान तराई एवं मध्य पहाडका साना एवं ठूला सम्पूर्ण कृषकहरुले
अपनाउन सक्छन् । यस पद्धतिमा २ वा ४ पाङ्ग्रे ट्रयाक्टरले तान्ने बीउ खसाल्ने
मेसिन (सिड ड्रिल) बाट जोतिएको वा नजोतिएको खेतमा गहुँ रोपे जसरी सिधै
लाईनमा धान रोपिन्छ । छरुवा धान खेती प्रविधिमा माटो नहिल्याइने हुँदा बाली
स्थापना गर्न परम्परागत पद्धतिमा भन्दा कम पानी लाग्छ ।
२. उपयुक्त माटो
बलौटे दुमटदेखि गहै चिम्टाइलो माटो जसमा परम्परागत पद्धतिबाट धान
रोपाइ गर्न सकिन्छ, यी सवै प्रकारको माटोमा छरुवा पद्धतिबाट पनि धान
खेती गर्न सकिन्छ ।



छरुवा धानबाट अधिक उत्पादन लिनको लागि खेत राम्रोसँग समथर
बनाउन जरुरी छ । लेजर ल्याण्ड लेवलर (कम्प्युटर प्रविधिबाट जमिन
सम्याउने मेसिन (फोटो माथि) को प्रयोगबाट जमिनलाई राम्रोसँग समथर
बनाउन सकिन्छ । यदि लेजर ल्याण्ड लेवलर नपाइएमा स्थानीय स्तरमा
पाइने कृषि औजारहरु जस्तै २ वा ४ पाङ्ग्रे ट्रयाक्टरमा रेजर र पाटा
(फोटो तल) जोडी खेत सम्याउन सकिन्छ । समथर खेतमा रोपाइ ठिक
ढंगले हुनुका साथै पानी समानरुपले पूरै खेतमा लाग्न पाउँछ । जसले
गर्दा बीउ एकनासले उम्रन्छ, बाली स्थापना एकदमै राम्रोसँग हुन्छ,
प्रयोग गरिएको मलको समुचित उपयोग हुन्छ साथै खेतमा झारपात
नियन्त्रण सजिलोसँग गर्न सकिन्छ, फलस्वरुप धानको उत्पादनमा वृद्धि
हुन्छ । समथर गरिएको खेतमा पानी पनि कम लाग्छ । यदि जमिन
सम्याउनका लागि माथिको कुनै पनि उपाय गर्न सकिदैन भने छरुवा
धान खेती गर्ने खेतमा धान छर्नुभन्दा केही दिन अगाडि पानी लगाएर
