Open Khabar
inside Article Bleow Menu Single Page

एट्लेटिको मड्रिड ला लिगाको उपाधि नजिक

काठमाडौँ- एट्लेटिको मड्रिड स्पेनीस लि लिगा फुटबलको उपाधि नजिक पुगेको छ ।

बुधबार राति भएको खेलमा रियल सोसिडाडलाई दुई एकले हराउँदै एट्लेटिको उपाधि नजिक पुगेको हो । अब एक खेल जिते एट्लेटिको यो सिजनको ला लिगाको च्याम्पियन बन्नेछ ।

Before Header

रियल सोसिडाडविरुद्ध जित निकाल्न एट्लेटिकोका लागि यानीक कारासिया र कोरीले गोले गरे । जुब्लेडियाले रियल सोसिडाडका लागि एक गोल फर्काए ।

बाँकी दुई खेलमध्ये अब एकमा मात्र जित निकाले एट्लेटिकोले ११औँ पटक ला लिगाको उपाधि जित्ने छ । अब उसले अन्तिम दुई खेलमा ओसासुना र रियल भालाडोलिडविरुद्ध खेल्नेछ ।

एट्लेटिको बार्सिलोना र रियल मड्रिडभन्दा भन्दा चार अंकले अगाडी छ ।तस्वीर : गेट्टी इमेज

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.