फागुन १९, २०७७

काठमाडौं – इटालियन सिरी ए फुटबलमा जुभेन्ट्सले स्पेजियाविरुद्ध सहज जित निकालेको छ। मंगलवार राति भएको खेलमा जुभेन्ट्सले स्पेजियालाई ३-० गोल अन्तरले पराजित गरेको हो।
घरेलु मैदानमा जुभेन्ट्सलाई जित दिलाउने क्रममा अल्भारो मोराटा, फेडरिको चिइसा र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरे। खेलको ६२ औं मिनेटमा मोराटाले पहिलो गोल गर्दै जुभेन्ट्सलाई अग्रता दिलाएका थिए। त्यस्तै, खेलको ७१ औं मिनेटमा फेडरिकोले गोल गर्दै जुभेन्ट्सको अग्रता २-० को बनाए।


त्यसपछि खेलको ८९ औं मिनेटमा रोनाल्डाले गोल गर्दै जुभेन्ट्सलाई स्पेजियाविरुद्ध ३-० को जित दिलाए। स्पेजियाले खेलको इन्जुरी समयमा पेनाल्टीको अवसर पाएपनि एन्ड्रीले गोल भने गर्न सकेनन्। यो जीतसँगै तेस्रो स्थानमा रहेको जुभेन्ट्सले २४ खेलमा ४९ अंक जोडेको छ भने स्पेजिया २५ अंक जोडेर १६ औं स्थानमा रहेको छ।
रोनाल्डोले यस गोलसँगै सिजनको २० औं गोल पुरा गरेका छन्। उनले युरोपको शीर्ष पाँच लिगमा लगातार १२ सिजन २० भन्दा बढी गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन्। यस्तै, रोनाल्डोले यस खेलसँगै ६०० औं लिग खेलको कोशेढुंगा समेत पूरा गरेका छन्।
