Open Khabar
inside Article Bleow Menu Single Page

रोनाल्डोको शानदार प्रदर्शनमा युभेन्ट्सको जित

एजेन्सी,स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले शानदार प्रदर्शन गर्दा इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्ट्सले सहज जित निकालेको छ ।

सोमबार राति भएको खेलमा युभेन्ट्सले क्रोटोनलाई ३-० गोल अन्तरले पराजि गरेको छ । घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । वेस्टन म्याकेनीले एक गोल गरे ।

Before Header

खेलको ३८औँ र पहिलो हाफको इन्जुरी समयमा रोनाल्डोले हेडमार्फत गोल गरेका थिए ।

६६ औँ मिनेटमा वेस्टनले गोल गर्दै युभेन्ट्सलाई ३-० को जित दिलाए । जितसँगै युभेन्ट्स २२ खेलमा ४५ अंकसहित लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

क्रोटोन १२ अंकसहित पुछारमा छ ।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.