Open Khabar
inside Article Bleow Menu Single Page

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना काडिजसँग बराबरीमा रोकियो

फागुन ०९, २०७७
 
Before Header
काठमाडौं – स्पेनिस ला लिगा अन्तर्गत उपाधि दाबेदार बार्सिलोना बराबरीमा रोकिएको छ। आइतबार राति घरेलु मैदान नाउ क्यापमा भएको खेलमा बार्सिलोना काडिजसँग १-१ गोलको बराबरीमा रोकिएको हो।
 
बार्सिलोनाले सुरुवाती अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य भएको हो। खेलमा दुवैपटिको गोल पेनाल्टीबाट भएको थियो। ३२ औं मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। तर खेलको अन्तिम समयमा ८९औ मिनेट काडिजले पाएको पेनाल्टीलाई एलेक्स फेर्नानडेजले गोलमा परिणत गरेपछि बार्सिलोना बराबरीमा रोकिएको थियो।
 
बराबरीपछि बार्सिलोनाले लिग लिडर एट्लेटिको मड्रिड र दोस्रो स्थानको रियल मड्रिडसंग अंक दूरी कम गर्ने अवसर गुमायो। २३ खेलबाट ४७ अंकसहित बार्सिलोना तेस्रो स्थानमै यथावत रहेको छ। त्यस्तै, समान खेलबाट ५५ अंकसहित एट्लेटिको शीर्ष स्थानमा छ। २४ खेल खेलेको रियल भने ५२ अंकसहित दोस्रो स्थानमा छ। यता, २४ खेलबाट २५ अंकसहित काडिज २४ खेलबाट २५ अंकसहित १४औं स्थानमा रहेको छ।
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.