Open Khabar
inside Article Bleow Menu Single Page

सावित्रा एक्लैको चार ह्याट्रिकसँगै एपीएफले चौदन्डीगढीलाई २२-० ले हरायो

माघ १९, २०७७
 
Before Header
काठमाडौं – राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टोली एपीएफले भारी गोलका साथ ऐतिहासिक जित निकालेको छ।
 
सोमबार भएको खेलमा सशस्त्र प्रहरीको एपीएफले उदयपुरको चौदन्डीगढी नगरपालिकालाई २२–० को फराकिलो नतिजाले पराजित गरेको हो।

 

तस्बिर : एन्फा

 
ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्यालमा भएको खेलमा एपीएफको जितमा सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले १२ गोल गरिन्। उनले मध्यान्तरअघि ५ तथा मध्यान्तरपछि ७ गोल गर्दै चार ह्याट्रिक गरिन्। यस्तै, कप्तान अनु लामाले ५ गोल गर्दा उपकप्तान अनीता बस्नेतले ३ गोल गरिन्। अनिता बस्नेतले ३ तथा रेनुका नगरकोटी र सरु लिम्बूले पनि समान १–१ गोल आफ्गो नाम लेखाए।

 

तस्बिर : एन्फा

 
एपीएफले पहिलो हाफमै १२ गोल गरेको थियो भने दोस्रो हाफमा १० गोल थप्दै चौदण्डीगढीलाई २२-० को भारी गोल अन्तरले हराउदै कीर्तिमानी जित हासिल गरेको छ। उपाधिको बलियो दाबेदार तथा डिफेन्डिङ च्याम्पियन एपीएफले जितसँगै ६ खेलबाट १८ अंक जोडेको छ। जारी लिगमा अहिलेसम्म एक गोल पनि नखाइ लगातार छैटौं जित निकालेका एपीएफ अंक तालिकाको शीर्ष स्थानमा छ।
 
त्यस्तै, त्रिभुवन आर्मीले पाँच खेलबाट १० अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। आठ अंक जोडेका नेपाल पुलिस क्लब तेस्रो स्थान छ भने विराटनगर सात अंकसहित चौथो स्थानमा रहेको छ। वालिङ पाँच अंक सहित पाँचौ स्थान छ। यस्तै, चन्द्रपुर ३ अंकका साथ छैटाैँ स्थानमा छ भने अंकविहीन चौदण्डीगढी पुच्छारमा रहेको छ। चौदन्डीगढीको यो लगातार पाँचौ हार हो।

 

तस्बिर : एन्फा

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.