Open Khabar
inside Article Bleow Menu Single Page

राष्ट्रिय महिला लिग फुटबलमा नेपाल पुलिस क्लबद्वारा उदयपुर चाैदण्डीगढी ६–० गाेलले पराजित

माघ ९ , २०७७
 
Before Header
काठमाडौं – राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टोली नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ।
 
सुक्रवार ललितपुरमा रहेकाे अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको मैदानमा भएको खेलमा नेपाल पुलिसले मोफसलको टोली चौदण्डीगढी नगरपालिका उदयपुरलाई ६–० को फराकिलो अन्तरले हराएको हो।

 

तस्बिर : एन्फा 

 
नेपाल पुलिसले उदयपुर चौदण्डीगढीलाई अधिकांश समय दबाबमा राखेको थियो। एकतर्फी जस्तो देखिएको खेलमा पुलिसका लागि रेखा पौडेल र सिर्जना खड्काले समान २/२ गोल गर्दा अमृता जैशी र निर्मला विकले एक/एक गोल थपे।तुलनात्मक हिसाबमा कमजोर देखिएको उदयपुरविरुद्ध पुलिसले रेखाको गोलबाट सुरुवाती अग्रता लिएको थियो।
 
पहिलो हाफ सकिन चार मिनेट बाँकी रहँदा अमृताले गोल गर्दै पुलिसको अग्रता दोब्बर पारेकी थिइन्। पहिलो हाफको अन्तिम मिनेटमा सिर्जनाले प्रहार गरेको बल उदरपुरकी गोलकीपरको हातमा लागेर गोलमा परिणत भएको थियो। इन्जुरी समयमा निर्मलाले गोल थप्दै पहिलो हाफमा पुलिसलाई ४–० को अग्रता दिलाएकी थिएन्।

तस्बिर : एन्फा  

 
सुरुवातदेखि नै उदयपुरलाई दबाबमा राखेको पुलिसले दोस्रो हाफमा थप दुई गोल गर्‍याे। निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा रेखाले व्यक्तिगत दोस्रो गोल थप्दा इन्जुरी समयमा सिर्जनाले पनि व्यक्तिगत दोस्रो गोल गर्दै टिमकाे जित निश्चित गरिन्।
 
जितसँगै पुलिसले २ खेलमा ४ अंक जोडेको छ। पुलिस तालिकाको शीर्ष स्थानमा रहेको छ। पहिलो खेलमा पुलिसले त्रिभुवन आर्मीसँग गोलरहित बराबरी खेलेर अंक बाँडेको थियो। चौदण्डीले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ। प्रतियोगितामा शनिबारलाई तय भएका दुई खेल स्थगित भएका छन्।
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.