Open Khabar
Before Header

फिफा विश्वकप २०२२ छनोटमा मेस्सीको निर्णायक गोलसँगै अर्जेन्टिनाको विजयी सुरुवात

सोहन राई
असोज २३, २०७७
Before Header
 
काठमाडौं – फिफा विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा कप्तान लियोनल मेस्सीको गोलको सहयोगमा अर्जेन्टिनाले विजयी सुरुवात गरेको छ।

 

 

शुक्रबार बिहान भएको विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोट खेलमा अर्जेन्टिनाले इक्वेइडरलाई १-० गोलले पराजित गरेको हो। अर्जेन्टिनाको जितमा लिओनल मेसीले गरेको एक मात्र गोल निर्णायक सावित भयो। खेलको १३ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै मेस्सीले अर्जेन्टिनालाई जित दिलाएका हुन्। अर्जेन्टिनाले पहिलो खेलमा जित निकाल्दै तालिकामा तीन अंक जोड्न सफल भएको छ।

 

 

अब ५ दिनपछि अर्जेन्टिनाले बोलिभियाको भ्रमण गर्नेछ। त्यस्तै, इक्वेडरले उरुग्वेसंग सोही दिन प्रतिस्पर्धा गर्नेछ। सन् २०१८ को विश्वकपका लागि अर्जेन्टिना तेस्रो स्थानमा रहदै छनोट भएको थियो। अर्जेन्टिना भन्दा अघि ब्राजिल र उरुग्वे रहेका थिए। शुक्रबार नै भएको अर्को खेलमा उरुग्वेले चिलीलाई २-१ गोलले पराजित गरेको छ। खेलको ३९ मिनेटमा लुइस सुआरेजको पेनाल्टी गोलबाट उरुग्वेले अग्रता लिएको थियो। त्यस्तै, छनोटअन्तर्गत पाराग्वे र पेरुले भने २-२ गोलको बराबरी खेलेर अंक बाढेका छन् भने छनोटमा शनिबार विहान ब्राजिल र बोलिभियाबीच खेल हुनेछ।
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.