Open Khabar
inside Article Bleow Menu Single Page

फिफा वरीयतामा नेपाल आठ स्थान तल झर्‍यो

INside Content

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोली फिफा वरीयतामा आठ स्थान तल झरेको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपाल १७६औँ स्थानमा पुगेको हो । जुन पछिल्लो वरीयताभन्दा आठ स्थान तल झरेको हो । नेपाल यसअघि वरीयताको १६८औँ स्थानमा थियो ।

Before Header

नेपालले गत जेठमा कुवेतमा खेलेको एएफसी एशियन कपको अन्तिम चरणको छनोटमा समूह चरणको तीनवटै खेलमा पराजित भएको थियो । छनोटको समूह ‘ए’ मा रहेको नेपाल जोर्डनसँग २–० ले, कुवेतसँग ४–१ ले र तेस्रो खेलमा इन्डोनेसियासँग ७–० ले पराजित भएको थियो ।

वरीयताको शीर्ष स्थानमा ब्राजिल र दोस्रो स्थानमा बेल्जियम यथावत् छन् । तेस्रो स्थानमा भने फ्रान्सलाई पछि पार्दै अर्जेन्टिना उक्लिएको छ । यस्तै चौथो स्थानमा फ्रान्स र पाँचौँ स्थानमा इङ्ल्याण्ड छन् ।तस्वीर- गेटी इमेज फर एडिडास

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.