Open Khabar
Before Header

खेलकुद प्रशिक्षण तत्काल सुरु गरौं

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले खेलकुद प्रशिक्षण तत्काल सुरु गर्न सरकारलाई सुझाएका छन् ।

कोरोना कहरकै बीच छिमेकी देशहरुले खेलकुद गतिविधि अघि बढाएको उल्लेख गर्दै एन्फा अध्यक्ष शेर्पाले अन्तराष्ट्रिय मापदण्ड अनुसार खेलकुद प्रशिक्षण सुरु गर्नुपर्ने बताएका हुन् ।

Before Header

लकडाउनको बेला खेल प्रशिक्षण सुरु गर्यौ भने कोरोनाबिरुद्ध रोग प्रतिरोधात्मक क्षमता समेत बढ्छ । सरकारले आधिकारिक रुपमा खेलकुद प्रशिक्षण सुरु गरेको खण्डमा लकडाउन खुल्ने बित्तिकै प्रतियोगिता सुरु गर्न समेत सहज हुन्छ ।’ खेलपाटीसंग कुराकानी गर्दै शेर्पाले भने ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफा र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को मापदण्ड अनुसार अन्य देशमा खेलकुद प्रशिक्षण सुरु भईसकेको बताउँदै शेर्पाले प्रशिक्षण सुरु भएको अवस्थामा युवा तथा सिनियर खेलाडीलाई हौसला मिल्ने बताए ।

‘धेरै देशमा फिफा र डब्लूएचओको मापदण्ड अनुसार अभ्यास सुरु भईसकेको छ । प्रशिक्षण सुरु भएमा युवा तथा सिनियर खेलाडीको हौसला बढ्थ्यो ।’ उनले भने, ‘प्रशिक्षण सुरु भएको खण्डमा मानसिक रुपमा बलियो हुने अवस्था बन्थ्यो ।’

सरकारले भदौ १ गतेबाट अन्तराष्ट्रिय खेलकुद स्पर्धाको तयारीका लागि प्रशिक्षण खूल्ला गर्ने निर्णय गरेको थियो । सोही अनुसार एन्फा, क्रिकेट संघ (क्यान) लगायतका खेलकुद संघले प्रशिक्षण सूरु गर्ने तयारी समेत थालेका थिए ।

फुटबल संघले भदौ १ गतेबाट राष्ट्रिय टिमको बन्द प्रशिक्षणको तयारी अन्तिम चरणमा पुर्याएको थियो । कोरोना संक्रमणको दर बढ्ेसंगै सरकारले लगाएको निषेधाज्ञाका कारण खेलकुद संघहरुले प्रशिक्षणको कार्यक्रम अनिश्चित समयका लागि बन्द गर्ने निर्णयमा पुगेका थिए ।

Bleow Covid

एन्फा अध्यक्ष शेर्पाले तत्काल खेलकुद प्रशिक्षण सुरु भएको अवस्थामा लकडाउन खुल्ने बित्तिकै प्रतियोगिता अघि बढाउन सहयोग मिल्ने धारणा राखे ।

‘प्रशिक्षण नियमित सञ्चालन गर्न सकेको अवस्थामा लकडाउन खुल्ले बित्तिकै विना दर्शक प्रतियोगिता सुरु गर्न सकिन्छ । बिना दर्शकको अन्तराष्ट्रिय स्तरको मैत्रीपूर्ण खेल गराउन सकिन्छ ।’ शेर्पाले भने, ‘खेल वातावरण सिर्जना गरेमा युवा, बालबालिका सबैलाई मनोबैज्ञानिक रुपमा बलियो बनाउने काम हुन्छ । समाजमा सकारात्मक सोचको विकास हुन्छ ।’

उपत्यकामा कोरोना संक्रमण बढेसंगै सरकारले तीन जिल्लामा भदौ ४ गतेदेखि लागू हुने गरि निषेधाज्ञा जारी गरेको थियो । सरकारले निषेधाज्ञा जारी गरेसंगै मुर्झाउन लागेको खेलकुद प्रशिक्षण पूर्ण रुपमा बन्द अवस्थामा छ । कोरोनाको संक्रमण बढेसंगै खेलकुद गतिविधि अघि बढाउने बिषयमा युवा तथा खेलुकद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्यौलमा देखिएका छन् ।

एन्फा अध्यक्ष शेर्पाले सरकारले आधिकारिक रुपमै खेलकुद प्रशिक्षणका लागि अनुमती प्रदान गरेर अघि बढ्नुपर्ने धारणा राखे ।

‘सरकारले समय निर्धारण गरेरै प्रशिक्षणलाई खुल्ला गर्न सक्छ । खेलकुद एकैचोटी सुरु गर्छु भन्ने हुदैन । विस्तारै गतिविधि र स्तर बढाउँदै लैजानुपर्छ ।’ उनले भने, ‘खेल गतिविधि अघि बढाउन सकेको खण्डमा कोरोनाकै दौरान सकारात्मक काम देखिन्छ ।’

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.