Open Khabar
inside Article Bleow Menu Single Page

नेपालको नाम विश्वमा चिनाउदै पार्कर दिनेश सुनारले अमेरिकाबाट राखे पाँचौँ विश्व कीर्तिमानी

नेपाली पार्कर दिनेश सुनारले पाचौँ पटक गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका छन् । पार्कर खेलकै अर्को विधामा उनले विश्व रेकर्ड कायम गरेका हुन् ।

यसअघि चार पटकसम्म विश्व कीर्तिमान राखिसकेका सुनारले ३० सेकन्डमा १३ पटकसम्म ‘फुल ट्विस्ट ब्याक फ्लिप’ गरेर पाँचौँ पटक वर्ल्ड रेकर्ड कायम गर्न सफल भएका हुन् ।

Before Header

यो विधामा यसअघिको आठ पटकसम्मको कीर्तिमान उनले तोडेका हुन् । चार महिनाअघि अमेरिकामै उनले पाँचै रेकर्डका लागि प्रदर्शन गरेका थिए । उनले मार्च ७ मा सनसाइन तेक्वान्दो एकेडेमीको प्रायोजनमा भएको कार्यक्रममा वर्ल्ड रेकर्डका लागि प्रस्तुती दिएका थिए । यस विधामा विश्व रेकर्डका लागि ३० सेकेण्डमा ८ पटकसम्म हान्नुपर्ने प्रावधान थियो ।

यसअघि उनले पार्कर खेलकै माध्यमबाट चारवटा विश्व रेकर्ड कायम गरिसकेका छन् । सन् २०१७ मा ‘द मस्ट ट्विस्टिङ ब्याकफिल्प अफ वाल इन वान मिनेट’मा पहिलो विश्व रेकर्ड राखेका थिए । त्यसपछि सन् २०१८ मा ‘द मस्ट ब्याकवार्ड सोमरसल्ट एगेन्स्ट वाल इन ३० सेकेन्ड’ मा दोस्रो विश्व कीर्तिमान बनाए । दिनेशले ३० सेकेन्डमा ‘द मस्ट ट्वीस्टीङ ब्याकफ्ल्पि अफ वाल’ मा तेस्रो विश्व कीर्तिमान राखेका थिए ।

त्यस्तै २०७६ माघमा ट्राम्पोलिनमा ‘ब्याक समरसल्ट’ अर्थात उफ्रिन मिल्ने लचकदार रबरको सामग्रीमा उल्टो जम्प हानेर चौथो वर्ल्ड रेकर्ड कायम गरेका थिए । उनले एक घन्टामा ४६० पटक ट्राम्पोलिनमा ब्याक समरसल्ट गरेका थिए ।

खोटाङ जिल्लाको विकट कामी डाँडा गाउँमा जन्मेका दिनेश सुनार, पूर्व प्रहरीमा कार्यरत थिए आफ्नो खेललाई थप सशक्त बनाउने आफ्नो परिचय, समुदाय र राष्ट्रको नामलाई विश्वमा उचाइमा पुर्याउने उद्देश्यले प्रहरीको जागिर बाट राजीनामा दिई हिँडेका उनी अहिले अमेरिकामा कर्पर खेल बाट पाचौं बिश्वमानी रेकर्ड चुम्नु सफल दिनेश सुनारलाई पूर्वी नेपालको पहाडी जिल्ला खोटाङको हलेसी चुवाचुङ ११ राजा पानी कामी डाँडामा बाबु विर्खबहादुर सुनार र आमा रीता सुनारको जेठो छोरा दिनेश गाउँमा सानैदेखि उफ्रिने उल्टी मार्ने गर्दै पछि कर्पर खेलाडीका रूपमा आफलाइ विश्वका सामु चिनाउनु सफल भएका हुन। नेपाली पार्क दिनेश सुनारले पाँचौँ पटक गिजिन बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका उनले पार्क खेलकै अर्को विधामा उनले विश्व रेकर्ड कायम गरेका हुन् ।

 

 

 

 

 

 

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.