Open Khabar
Before Header

चार मुक्तक

रामकृष्ण गजुरेल ‘अमर’



रैछ नि यो स्वार्थी संसार कठिन धड्कनमा
जल्दै छ रे मुटु पनि डुबेर नै कल्पनामा
भन्थ्यौ तिमी कैल्यै पनि गर्दिनँ म पाप भनी
चढाउँछु अश्रु अझै खाली तिम्रो सम्झनामा ।

Before Header


धड्कनमा प्राण बस्छ यो सबैको प्यारो मित्र
फुल्दै छ कमलको फूलसरि संसारभित्र
धेरैको छ चाहनामा कुबेरका भक्तहरू
धोका धेरै खाँदै गर्दा भेटिएन कोही मित्र ।


समयले पर्खंदैन निल्दै जाऊ दानाहरू
पल्टिने छ यसैगरी जीवनका पानाहरू
भुसमाथिको लिउन हो संसारको प्राणी सबै
एकदिन ढल्छ घर उध्रिएर छानाहरू ।

Bleow Covid


मुस्कुराऊ तिमी मात्रै मैले जति रोए पनि
मनको घाउ मनैभित्र रह्यो जति धोए पनि
हृदयले धर्म त्यागी कति चरू होम्छ मान्छे
कहाँ मुक्त हुन्छ र त्यो देवता नै छोए पनि ।

(पीपलटार, नुवाकोट)

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.