Open Khabar
Before Header

निर्दोष सपनाको बैधानिक हत्या

बाबुराम न्यौपाने “उत्स”/दमक-झापा


देशमा ठूलाठूला क्रान्तिले राजनीतिक तप्कामा उथलपुथल ल्याएको थियो।तर पनि जनताको जीवन स्तरमा आमुलपरिवर्तन हुँन सकिरहेको थिएन।गरिबी ,अशिक्षा,बेरोजगारी ,महंगी मात्र होइन सामाजिक एकता र सद्भावमा समेत विचलन आएको थियो।

Before Header

यस्तो परिस्थितिबाट पवित्रा ज्यादै चिन्तित थिइन्।जनताको शान्ति र समृद्धिको सपना नेताको भाषण र मेनिफेस्टोमा मात्र सिमित थिए।लामो समयपछि चुनाव आयो।पवित्राका आँगनमा दर्जनौं पार्टीका उमेदवार दुई हात जोड्दै भोट माग्न धाउँन थाले।यसपटक उनी केही आशावादी थिइन्।
उनी सक्षम महिला भएकाले प्रत्यक उम्मेदवारलाई केलाउन थालिन्।कोही फौज्दारी मुद्दामा,कोही बलात्कारमा ,कोही भ्रष्टाचारमा बारम्बार मुछिएका र कोही त ज्यानमुद्धाकै दोषी थिए।

यसपटक पनि सक्षम राजनीतिक पात्रले टिकट नै पाएका थिएनन्।सबल उमेदवार गुमनाम झै बनाइएका थिए।पैसाको चाङमाथि राजनीतिको घोडादौड चलिरहेको थियो।घोडाको टापले कुल्चिएर इमान र आदर्श घायल थिए।उनले दिक्क मानिन्।
यसपटक पनि आफ्नू अमूल्य मतको मतपेटिकाभित्रै हत्या हुँने देखिन् र भोट नदिनु आफ्नू नागरिक जिम्मेवारी प्रति घात हुँने मानिन्।शहिदको बलिदान र घाइते ,असक्त सम्झेर विदिर्ण बनिन्।
+
घोषित चुनावको दिन मत खसाएर फर्कदै गर्दा “नो भोट”को प्राबधान सम्झिन्।
घर पुगेर घट्घटी एकगिलास पानी पिइन्।उनको मनमा बेचैनी बड्यो।विदेशमा रहेका पतिलाई फोन गरिन्।
फोनमा उनी भन्दै थिइन्।

Bleow Covid

“जानिजानी आफ्नै हातले दोषीहरूको भीडबाट एउटा दोषीलाई मत दिएर देशको सत्ता सुम्पन बाध्य बनें “रोहित” …….। निर्दोष हातले आफ्नैं सपनाको हत्या गर्न म पनि सहभागी भएँ……।

अब नयाँ सपनाको गर्भधारण कसरी गरुँ …..!!

बोल्दै गर्दा अनयास उनका आँखामा विवशताका आँसु डब्डबाएका थिए र सँगसँगै आक्रोशका स्वरहरु पनि लहराएका थिए।”

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.