Open Khabar
Before Header

पुष्कर लोहनीका कटौताहरु

 

– पुष्कर लोहनी


१.
धमिलो पानी
धाराको सङ्लो पानी
पोखरीमा खसाल्दा ।

२.
टिप्न चढेथेँ
हाँगाले बाटो छेक्दा
मर्केको दुब्लो खुट्टो ।

३.
हातमा देखेँ
हत्केला नै बलेको
खोज्दैमा रात बित्यो ।

४.
आगोको मुस्लो
झस्क्यो सेतो कपाल
सपना खुम्च्याउँदै ।

५.
थाकेको रात
आँखा झोल्लिन थाल्दा
हल्लिँदै मस्किएको ।

६.
बुढी भइछ्यौ
सपनाले जिस्कायो
माझेको सफा दीयो ।

 


७.
खरानी दल्दा
टल्केको अनुहार
पात्तिएको मुस्कान ।

८.
डुब्न खोजेको
खिया लागेको सियो
फुल्दा फुल्दैको फूल ।

९.
बिटुलो मन
पानीभित्र लुकेको
उभिँदा छर्लङ्ग नै ।

१०.
कपास निस्क्यो
तकिया मडारिँदा
सेतो तन्ना च्यातिँदा ।

११.
मुहान सुक्छ
कुलेसो पुरिदिएँ
लुकेको कालो छाया ।

१२.
उम्लेको पानी
बाल्टिनमा खनाएँ
छिटा ख्स्दा फुस्कियो ।

 

Before Header
Bleow Covid
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.