Open Khabar
inside Article Bleow Menu Single Page

प्राचीन काल देखि मलजल नपाएका मेरा कलिला मुना सुकेर ओइलिजान्छन कि भन्ने पिर छ

बासुदेव_न्यौपाने

सदियौं काल देखि शोषण र उत्पिडनमा परे

Before Header

मेरा लागि ती दिन लकडाउन नै भए

म सोच्दथे “म आइसोलेसनमा छु”

मलाई कोभिड १९ को संक्रमणले छोएछ

थाहा छैन यसको इन्कुबेसन समय कति लामो हुने छ ?

वैज्ञानीक समाजवादले चाडै यस्को निदान खोज्ने छ

तर अझ पनि मेरो शिक्षित समाज जहाँ को त्यही छ

उसको कुरा सुन्दैन

उसको भाव बुझ्दैन !!

 

मलाई न्याय चाहियो

मलाई भेदभावको जन्जिरले नबाधियोस

म स्वतन्त्र भएर खुल्ला गगनमा रम्न चाहान्छु

मेरा रगतमा कुनै दासताको गन्ध आउदैन

मेरा रगतमा निकोटिन र अरुमा हेमोग्लोविन छ भने त्यो म जान्दैन

हो मेरो रगत अरु मानव सरह रातो नै छ

फेरि पनि उ माथी म तल

उसले छुदा चल्ने मैले छुदा नचल्ने

मलाई पनि यो समाज सङ्गै बस्न मन छ

यो हावा,पानी,मठमन्दिर मेरै छेउ मै राख्न मन छ

मलाइ पनि यो समाजको हकदार हुन मन छ !!

 

प्राचीन काल देखि मलजल नपाएका मेरा कलिला मुना

सुकेर ओइलिजान्छन कि भन्ने पिर छ

समावेशिताको मलम पट्टीले मेरा मुनाको दिन फिर छ

हे शिक्षित समाज ख्याल गरेस है अब भर तेरै छ

मलाइ पनि हामी सबै समान हुन मन छ

जब मेरा नर्सरी रुखमा परिणत हुने छन्

तब म अनि मेरा सबै वचन फिर्ता हुने छन् !!

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.