Open Khabar
inside Article Bleow Menu Single Page

नेपालको शैक्षिक प्रणाली जागिरमूखी देखिन्छ ?

धर्मेन्द्र सिंह                                                                       नेपालको  शैक्षिक प्रणाली जागिरमूखी देखिन्छ ? मान्छेले आफ्नो जीवनको क्रिम समय र भएभरको पैसा पढाइमा लगाउँछ तर झण्डै पन्ध्र सोह्र वर्षको पढाइ पछि ऊ जागिर खोज्न भौतारिन्छ ।
जागिरको अर्थ के ? “जा” र “गिर” अर्थात आफूसँग क्षमता हुँदाहुदै पनि आफ्नै अगाडि गिर्नु, तनखा को अर्थ के ? “तँ” “नखा” अर्थात महिनाभरि काम गर्यो तर तनखास्वरुप मिल्ने पैसा यति थोरै हुन्छ कि आफैलाई खान पुग्दैन ।
आर्थिक र समय स्वतन्त्रताका लागि हामी जागिरमूखी होइन ब्यवसाय मूखी हुनुपर्छ । हाम्रो समाजमा पन्ध्र हजारको जागिर खानुलाई राम्रो मानिन्छ तर त्यै मान्छेले घरेलु व्यवसाय गर्छु भन्यो भने प्रोत्साहन दिइदैन ।
अन्य विकसित मूलुकमा विध्यार्थीहरूलाई ब्यवसायमूखी शिक्षा दिइन्छ तर नेपालमा जागिरमूखी यसर्थ हरेक वर्ष नेपालका शैक्षिक संस्थाहरूले वेरोजगार युवाहरू उत्पादन गरिरहेछन । तपाई यदि जागिर गर्दै हुनुहुन्छ भने तपाईलाई यौटा सुझाव,जागिर गर्नुस तर जीवनभरि जागिरमा नझुण्डिनुस,निश्चित समयपछि सानोतिनो भएपनि ब्यवसाय गर्नुहोस । ब्यवसाय गर्नु भनेको आफू पनि बाँच्नु अरूलाई पनि बँचाउनु हो । ब्यवसाय भनेको सिर्जनशीलता हो ।                        ब्यवसायले नै राष्ट्रको मुहार फेर्छ । पढेर सकेपछि जागिर खोज्दै नहिड्नुस जागिर बनाउनुहोस ।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.