बासुदेव_न्यौपाने ,करोडौंको सेटिङ्ग गौडा गौडामा घोटाला,
खरबमा बेरुजु अरबमा भ्रष्टाचार,
न दायित्व न न्याय सदाचार,
कुरा लोकाचार नौटङ्की सदावहार,
हे दैव मेरो देशलाई पार लगाइदेउ,
सपूत छौ की कोही माझी बचाइदेउ !!
विस्तारवादको पन्जामा नेपाल आइसक्यो,
सुस्ताको ६०-७० हेक्टर जमीन खाइसक्यो,
टिष्टा र नालापानी मैले भुल्न सक्दैन,
पश्चिममा ३७२ वर्ग कि.मी खादा सम्म सरकार उठ्दैन,
हे दैव मेरो देशलाइ पार लगाइदेउ,
सपूत छौ कि कोही माझी बचाइदेउ !!

फरक-फरक भाषा,धर्म,संस्कृती र सभ्यता,
दुल्लु देखि विजयपुर सम्मका सांस्कृतिक सम्पदा,
विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथा,
मेटेर मेटिने छैन हाम्रो इतिहास अनि वीर गोर्खालीको गाथा,
हे दैव मेरो देशलाइ पार लगाइदेउ,
सपूत छौ कि कोही माझी बचाइदेउ !!


यहाँ जनता मारेर विदेश खेद्नेहरु गणतन्त्रवादी भए,
मुर्ती चोरेर डलरमा बेच्नेहरु झन उग्र-हिन्दुवादी भए,
सेटिङ्गमा चुच्चे नक्सा निकालेर सरकार चलाउनेहरु राष्ट्रवादी भए,
राजाले लगाउने श्रीपेच आज भोलिका छोटे राजालाई लाइदेउ,
ए आमा यो देशका लागि एउटा असल छोरो जन्माइदेउ,
हे दैव मेरो देशलाई पार लगाइदेउ,
सपूत छौ कि कोहि माझी बचाइदेउ !!
