Open Khabar
inside Article Bleow Menu Single Page

कसरि गर्ने लक्ष्मी पुजा र के होत लक्ष्मी पुजाको महत्व

नेपालका प्रमुख पर्वहरूमध्ये एक हो। तिथिअनुसार कार्तिक कृ्ष्ण अमावस्याका दिन यो पर्व मनाइन्छ। नेपालमा यो पर्व लक्ष्मी देवीको पूजा गरी घरभरि दियो बाली मनाइन्छ। नेपालमा यसलाई यमपञ्चकको एक भागको रूपमा मनाइन्छ। वर्षका चार महत्वपूर्ण रातहरूमध्ये लक्ष्मीपूजाको रातलाई सुखरात्रि भनिन्छ। यस दिन स्त्री जाति विशेष गरी कुमारी केटीहरूले घरघरै गई भैलो खेल्ने चलन छ।लक्ष्मी धनकी देवीलाई भनिन्छ।लक्ष्मी शब्द का सर्वप्रथम उल्लेख “ऋग्वेद” के पुरूषसूक्तमा भेटिन्छ। “श्रीश्च ते लक्ष्मीश्च ऊषाण।” हे परमेश्वर, अनन्त शोभास्वरूप श्री र अनन्त शुभ लक्षण युक्त लक्ष्मी दुवै हजुरको पत्नी हुन। तंत्रागम का अनुसार सर्वोत्तम अवस्थामा विष्णु और उनको शक्ति लक्ष्मी एकै परमात्मा हुन। विष्णु र लक्ष्मी एक(आपसमा अभिन्न छन्।केवल सृष्टिको समयमा भिन्न देखिन्छन्। स्त्रीको चौसठ्ठि कला मानिएको छ। चौसठ्ठि कला युक्त महिला लाई लक्ष्मी पनि भनिन्छ। सौभाग्य, समृद्धि , सफलता, सम्पन्नता र सुन्दरताको अर्थमा पनि लक्ष्मी शब्द प्रयुक्त हुने गर्दछ। भगवती दुर्गाको हजार नाममा एक नाम लक्ष्मी पनि हो।नबष्

कुनै पनि धार्मिक वा सामाजिक संस्कार गर्नअघि गाईको गोबरले घर(आँगन लिपपोत गर्ने, गाईको गहुँत सबैतिर छर्केर आफ्ना घर(कोठा(चोटा पवित्र तुल्याउने हिन्दूहरुको संस्कार छ । गाईलाई पशुधनका रूपमा लिइन्छ । हिन्दूहरू गाईलाई लक्ष्मी र गौमाताका रूप मान्छन् । गाईजात्रा, गाईपाला, गाईप्राणी, गौप्राणी आदि शब्दले गाईमा आधारित विविध प्रतीकात्मक अर्थ प्रदान गर्छ । लक्ष्मीलाई धन्यधान्यकी देवी एवं ऐश्वर्यकी प्रतीक मानिन्छ । कार्तिक कृष्ण औंसीको रातलाई अत्यन्त अँध्यारो रातका रूपमा लिइन्छ । यो अन्धकारमा रातलाई उज्यालोको प्रकाशले आलोकित पार्ने कार्य घर(घरमा बत्ती बाली लक्ष्मीको आह्वान गरिन्छ । यसभित्र कुनै पनि किसिमको अन्धकारलाई आफूमा अन्तर्निहित चेतनाशक्तिको प्रकाशले हटाउनुपर्ने सन्देश पनि पाइन्छ । गाईलाई लक्ष्मीको प्रतिकात्मक मानेर त्यसै दिन लक्ष्मीपूजा पनि गरिन्छ । भगवान् रामचन्द्रले लोककल्याणको भावनाले रावणादि विविध असुरहरूको नाश गरेपछि कार्तिक कृष्ण औंसीको दिन अयोध्याको राजाका रूपमा राज्यारोहण गरेको खुसीयालीमा अयोध्यावासीले दीपावली गरेको प्रसङ्ग होस् वा यमराजले यमपञ्चकका पाँच दिन आफ्नी बहिनी यमुनाकहाँ बसेका कारण यस दिन मृत्यु हुने कुनै मानिसले नरक देख्नुनपर्ने विश्वासमा खुसी मनाउँदै दीपावली गर्ने प्रचलन आरम्भ भएको नै किन नहोस्, यी सबै प्रसङ्गमा यो दिनको ठूलो महत्त्व रहेको तथ्य स्पष्ट हुन्छ ।

Before Header

सुख(सम्पत्ति र ऐश्वर्य अभिवृद्धिको मनोकामनासहित कार्तिक कृष्ण औंसीका दिन माता लक्ष्मीको विशेष रूपमा पूजाआजा र अर्चना गर्नु तथा त्यसपछि लक्ष्मीकै प्रसाद प्रयोग गरी आफ्ना दराज, सेफ, भण्डार आदिमा स्वस्तिक चिह्न अंकित गर्नु वा शुभलाभ लेख्नु हाम्रो धार्मिक परम्परा हो । दीपावलीमा तमसोमा ज्योतिर्गमय अर्थात् अन्धकारबाट प्रकाशतर्फ लागि आफूलाई आत्मिक रूपमा सुख(सन्तोष प्रदान गर भन्नेयो दिन चेलीबेटीहरू भैलो खेलेर रमाइलो गर्छन् । नेपालका प्रमुख पर्वहरुमध्ये एक हो। तिथिअनुसार कर्तिक कृ्ष्ण अमावस्याका दिन यो पर्व मनाइन्छ। नेपालमा यो पर्व लक्ष्मी देवीको पूजा गरी घरभरि दियो बाली मनाइन्छ। नेपालमा यसलाई यमपञ्चकको एक भागको रुपमा मनाइन्छ। वर्षका चार महत्वपूर्ण रातहरुमध्ये लक्ष्मीपूजाको रातलाई सुखरात्रि भनिन्छ। यस दिन स्त्री जाति विशेष गरी कुमारी केटीहरुले घरघरै गई भैलो खेल्ने चलन छ।बिहmष् उगवब

कुनै पनि धार्मिक वा सामाजिक संस्कार गर्नुअघि गाईको गोबरले घर(आँगन लिपपोत गर्ने, गाईको गहुँत सबैतिर छर्केर आफ्ना घर(कोठा(चोटा पवित्र तुल्याउने हाम्रो संस्कार छ। गाईलाई पशुधनका रूपमा पनि लिइन्छ। हिन्दूहरू गाईलाई लक्ष्मी र गौमाताका रूप मान्छन्। गाईजात्रा, गाईपाला, गाईप्राणी, गौप्राणी आदि शब्दले गाईमा आधारित विविध प्रतीकात्मक अर्थ प्रदान गर्छ। लक्ष्मीलाई धन्यधान्यकी देवी एवं ऐश्वर्यकी प्रतीक मानिन्छ। कार्तिक कृष्ण औंसीको रातलाई अत्यन्त अँध्यारो रातका रूपमा लिइन्छ। यो अन्धकारमा रातलाई उज्यालोको प्रकाशले आलोकित पार्ने कार्य घर(घरमा बत्ती बाली लक्ष्मीको आह्वान गरिन्छ। यसभित्र कुनै पनि किसिमको अन्धकारलाई आफूमा अन्तर्निहित चेतनाशक्तिको प्रकाशले हटाउनुपर्ने सन्देश पनि पाइन्छ। गाईलाई लक्ष्मीको प्रतिकात्मक मानेर त्यसै दिन लक्ष्मीपूजा पनि गरिन्छ।

भगवान् रामचन्द्रले लोककल्याणको भावनाले रावणादि विविध असुरहरूको नाश गरेपछि कार्तिक कृष्ण औंसीको दिन अयोध्याको राजाका रूपमा राज्यारोहण गरेको खुसीयालीमा अयोध्यावासीले दीपावली गरेको प्रसङ्ग होस् वा यमराजले यमपञ्चकका पाँच दिन आफ्नी बहिनी यमुनाकहाँ बसेका कारण यस दिन मृत्यु हुने कुनै मानिसले नरक देख्नुनपर्ने विश्वासमा खुसी मनाउँदै दीपावली गर्ने प्रचलन आरम्भ भएको नै किन नहोस्, यी सबै प्रसङ्गमा यो दिनको ठूलो महत्त्व रहेको तथ्य स्पष्ट हुन्छ। सुख(सम्पत्ति र ऐश्वर्य अभिवृद्धिको मनोकामनासहित कार्तिक कृष्ण औंसीका दिन माता लक्ष्मीको विशेष रूपमा पूजाआजा र अर्चना गर्नु तथा त्यसपछि लक्ष्मीकै प्रसाद प्रयोग गरी आफ्ना दराज, सेफ, भण्डार आदिमा स्वस्तिक चिह्न अङ्कित गर्नु वा शुभलाभ लेख्नु हाम्रो धार्मिक परम्परा हो। दीपावलीमा तमसोमा ज्योतिर्गमय अर्थात् अन्धकारबाट प्रकाशतर्फ लागि आफूलाई आत्मिक रूपमा सुख(सन्तोष प्रदान गर भन्नेयो दिन चेलीबेटीहरू भैलो खेलेर रमाइलो गर्छन्।न
ि
भैली अनि देउसी

अयोध्यावासीहरुले आफ्ना परम प्रिय राजाको आगमनमा खुशियाली मनाएका थिए। श्री रामको स्वागतमा अयोध्यावासीहरुले घिउका दियाहरु बालेका थिए । कार्तिक मासको बाक्लो कालो अमावस्याको त्यो रात्रि दियाहरुको उज्यालोले जगमगाएको थियो। मानिसहरुले घर(घरमा, गल्ली(गल्लीमा देव श्री राम ९जसको अर्थ हुन्छस् हाम्रा राम देउता हुन्० को नारा लाउँदै घुमेकाथिए, देव श्री रामबाट विकृत हुँदै देउसिरी राम, देउसिरे, देउसी भएको अनुमान गरिन्छ सोही परम्परालाई मान्दै आजपनि नेपालीहरु देउसी खेल्दै हिंड्ने चलन छ। देउसी खेल्ने टोलीलाई देउसे भनिन्छ र उनीहरुमा एउटा भट्याउने र अरु भट्याउनेको पछि(पछि देउसिरे भन्ने हुन्छन्।
देउसीको पछि एउटा अर्को कथा पनि जोडिएकोछ, जो यस प्रकार छः
बताइन्छ एक जना बलि भन्ने राजा पृथ्वीमा राज्य गर्थे, उनी अति नैं दानी थिए, प्रत्येक दिन दान नगरी उनी केही खादैंनथे। यस पुण्यको प्रतापले स्वर्गादि लोकहरु हल्लिन थाले र देवताहरुले भगवान् विष्णुको प्रार्थना गरे जसमा विष्णुले बलिलाई दमन गरी पाताल पुर्‍याउने आश्वासन दिए। त्यसपछि वामन ९बाहुन्ने०को रुप लिएर बलिलाई छल्न विष्णु त्यहाँ गए र तीन पाउ जमिन दानको याचना गरे, यसमा बलिले सोचे ‘ यो ब्राह्मण त्यसै सानो छ र यसका पाउहरु पनि अति साना छन् र यसले अति थोरै जमिन माग्यो भन्ने भ्रान्तिमा परे तर बलिले दान संकल्प के सकेकाथिए वामनको रुप विराट भयो र एउटै पाउले समस्त पृथ्वी ढाकिदियो र अर्को पाउले आकाश त्यस पछि तेस्रो पाउ भरिको जमिन कहाँबाट दिने भनी बलि अन्योलमा परे र उनले आफ्नो थाप्लो थापे, थाप्लोमा विष्णुको पाउ पर्ना साथ बलि भासिएर पाताल पुगे, अन्त्यमा विष्णुसित उनले प्रार्थना गरे कि उनलाई वर्षमा एक पल्ट तिहारको बेला पृथ्वी घुम्ने अवसर दिइयोस्, यस प्रार्थनालाई स्वीकारेर बलिलाई वर्षमा एकपल्ट आउने अनुमति दिए र बलि यहि तिहारको मौकामा घुम्न आउँछन् भन्ने विश्वास गरि बलिको स्वागतमा दीप जलाइएको भन्ने पनि भनाई छ। देउसेहरु बलि राजा आउन नभ्याएको र उनीहरुलाई बलिले पठाएको भनी देउसी भट्याउनेले भन्छन् । स्त्रीजातिहरुले पनि बलिको स्वागतमा बलि गीत विकृतरुप भैली गीत गाउँछन्, औंसीको रातभरि भैली खेल्छन्।

लक्ष्मी पुजा विषेश

संस्कार र रीतिरिवाजका धनी हामी नेपाली, बिभिन्न धर्म ग्रन्थहरूमा छताछुल्ल गरी पोखिएका हजारौ कथा मध्य यो धर्म ग्रन्थमा आधारित कथा जानी नजानी राख्ने क्रममा धनकी देवी श्रीलक्ष्मी पुजा महत्व र भैली,देउसीको दिने खुशी ,,
सत्य युगको कुरा हो पृथ्वीमा बलि नाम गरेका बढो प्रतापी, दानी राजा थिए । उनको भण्डार द्रब्यले सधै भरी पूर्ण भरिएको हुन्थ्यो । जो केही पनि माग्न गए खाली हात फर्काउदैनथे । उनको कीर्ति चारैतिर फैलिएको थियो । उनको यो प्रतापले स्वर्गको इन्द्र नै डगमगायो ।

“एक दिन महाराज युधिष्ठिरले भगवान श्रीकृष्ण संग नम्रता पुर्वक सोध्नु भयो ,हे इश्वर १ हे नाथ मलाई हजुरले कृपा गरेर कुनै यस्तो व्रत वा यज्ञ होम बताउनु होश जसलाई मैले गरेर आफ्नो सखाप भएको राज्यलाई पुनः प्राप्त गर्न सकूँ किन कि यो राज्यलाई गुमाउनु पर्दाको दुखले मा पलपल तड्पी रहेकोछु ,अत्यन्तै दुखि छु १भगवान श्रीकृष्ण जीले भन्नु भयो कि हे युधिष्ठिर मेरो अति नै परमभक्त दैत्यराज वली ले सय अस्रमेघ यज्ञ गर्ने संकल्प गरे वापत निनानबब्बे ९९ यज्ञ उसले निर्विध्न रुपले पुरा गरे तर सयौं यज्ञ लाई पूर्ण गर्ना साथ उसको आफ्नो राज्यमा निर्वासित हुने डर र भयले सताउँन लाग्यो ।

त्यस पछी देवताहरुलाई साथ लिएर इन्द्र क्षिरसागरमा निवास गरि राख्नु भएको भगवान श्री विष्णु निर पुगेर वेदको मन्त्र उचारण गर्दै स्तुति गर्दै आफ्नो सम्पूर्ण कष्टहरु पनि भगवान विष्णुको अगाडी पोखे १ यसरी आधारना गर्दै आफ्नो पीडालाई बताएको सुनेर भगवान श्रीविष्णुले भन्नु भयो तिमि निर्धक्क र निर्भय भएर आफ्नो स्थानमा जाऊ म तिम्रो सबै दुख,कष्टलाई तुरुन्तै निवारण गरि दिनेछु १ तिम्रो संकट चाडै हट्नेछ १

यस्तो भगवानको आज्ञा पाए पछी इन्द्र त्यहाबाट हिडे पछी श्रीविष्णु भगवानले आफ्नो रुप एउटा सुन्दर ब्राह्मणको रुप् धारण गरि वटुबेशमा राजा वलीले यज्ञ गरि रहेको ठाउँमा जानु भइ भिख माग्नु भयो सुन्दर वालक रुप मोहित रुपमा आएका भिक्षुलाई देखेर राजा वलिले भिक्षा दिन खोज्दा नलिएको देखेर आधा राज्य सम्म दिदाँ पनि नलिए पछी जे मागे पनि दिने आफुले दिने तर यस्तो पवित्र कार्यमा हात खाली नजानुस भनेको उनको उद्दार भावना देखेर ब्राह्मण रुप विष्णुले वचन बद्ध गराई भगवानले यज्ञ गरि रहेको ठाउँ भित्रको आफ्नो तिन पाईला जमिन माग्नु भयो यसरी जे मागे पनि दिने दानशील वलि राजाले वचन हार्न नसकी लौ पाईला राख्नुस् भनेर भन्दा श्रीविष्णु भगवानले आफ्नो विराट रुप धारणा गरि एक पाईला जमिनमा राख्दै सम्पूर्ण पृथिवीलाई ओगटिए ,र दोस्रो पाईला राख्दा सपुर्ण अंतरिक्ष ९आकाश ० ओगटिए,अब तेस्रो पाऊ कहाँ राखु भनेर सोध्नु भयो त्यसरी छल गरि ब्राह्मण रुपमा श्रीविष्णुको दर्शन पाएका वलिले आफ्नो शिरमाथि राख्न आज्ञा गरे त्यसरी राजा वलिको उद्दरता र दानशीलता मन देखि प्रशन्न भएर उनको शिर माथि पाऊ राख्न साथ उनि पाताल मुनि गएँ त्यस्ता सबैको प्यारा र दयालु दानशील राजा वली देखि खुशी भएर भगवान श्रीविष्णुले तिम्रो इच्छा भएको वर माग भनेको वचन सुने पछी

नबष्
राजा वलिले बर्षमा एक पल्ट पृथिवीको भ्रमण गर्न कार्तिक कृष्णपक्षको त्रियोद्सी देखि आमावस्या अर्थात् तीन दिन दिपावली सम्म यो प्रिथिविमा मैले राज गर्न पाऊ र यो तीन दिन सम्म सम्पूर्ण मानबहरुले दान,यज्ञ ,धुप,दिप गर्दै श्रीलक्ष्मी माताको पुजा आरधना गरुन र यसरी पुजा आरधना गर्नेको घरमा लक्ष्मीको वास होश भनेर भगवान श्रीविष्णु संग मागे पश्चात तथास्तु भनेर राजा वलीलाई भगवान श्रीविष्णुले पातालको राजा बनाएर पठाए पश्चात त्यही समय देखि संसार भरि समय अनुकुल आफ्नो रिति अनुसार विश्व भरि नै यो पर्ब मनाएता पनि हाम्रो हिन्दु संस्कारमा भने बर्षमा आउने कार्तिक कृष्णपकक्षको आमावास्या सम्म अर्थात् लक्ष्मी पुजा सम्म सम्पूर्ण देशका नागरिकले पंचक लागे देखि नै सबैको घर दैलोमा झिली र मिलि गरि बत्ति बालेर लक्ष्मीको पुजा आरधना गर्दै भैलो र देयुसी खेल्दै यो पर्वलाई सदभाव र श्राद्धको साथ मनाउदै वली राजाको नाम उचारण गरि भन्ने गर्दछन ‘।
आहै भन मेरा भाइ हो देउसी रे ‘।आहै राम्ररी भन् देउसी रे ‘आहै हामी त्यसै आएनौ देउसी रे ।।आहै वलिराजाले पठाए देउसी रे ।।यस्तै यस्तै ‘गरि खुशी मनाउदै वली राजाको गुण गाउदै सबै खुशीले मिली नाच गान गर्दै भैली, देउसी खेल्दै घर घरमा आशिष दिन र आफूभन्दा ठुलाको आशिष थाप्ने चलन आज पनिरहेको छ ।

राम राजाले चौध बर्षको बनवास सकेर अयोध्या फर्कदाको खुशीमा पनि सम्पुर्ण अयोध्याबासीले घर आगन बाहिर भित्र झिलिमिली पारेका र जय जयकारको गुन्जायमान गरेका हुनाले यो खुशी मनाउदै आएको भन्ने भनाइ धर्म ग्रन्थहरूमा पढन पाइन्छ ।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.