Open Khabar
inside Article Bleow Menu Single Page

काग तिहारको यस्तो छ महत्व

कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज९शनिबार० यमराजको दूतका रुपमा कागको पुजा गरेर मनाइँदैछ । दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससहित पनि तिहार पर्व गाँसिएको छ ।

यम यातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यम दीप दान गर्ने क्रम भने शुक्रबार साँझदेखि नै शुरु भएको छ । यम दीप दान दक्षिण फर्काएर गर्नुपर्ने वैदिक सनातन धार्मिक विधि रहेको छ

Before Header

कार्तिक कृष्ण त्रयोदशीकै दिन शुरु हुने यमपञ्चक भने यस वर्ष तिथिको घटबढका कारण शुक्रबार बेलुकीदेखि नै शुरु भएको छ । शुक्रबार बेलुकी त्रयोदशी तिथि लाग्ने भएकाले यमपञ्चक शुरु गर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । बिहान त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा शनिबारलाई निर्णय गरिएको समितिका अध्यक्ष प्रा। डा। रामचन्द्र गौतमले बताए ।

कागसँग सम्बन्धित पौराणिक प्रसङ्गहरु
पहिलो प्रसङ्ग

कागको रङका बारेमा एउटा किम्बदन्ती छ । जसअनुसार पहिलेपहिले काग सेतो रङको हुने गथ्र्यो । एक ऋषिले एउटा सेतो कागलाई अमृत खोज्न पठाए । अमृतको जानकारी मात्रै लिनू तर त्यसलाई नपिउनू भनेर अह्राए ।

एक वर्षको परिश्रमपछि उक्त सेतो कागले अमृतको जानकारी पायो । उसले अमृत पिउने लोभ रोक्न सकेन र पियो । आफूले गरेका क्रियाकापका बारेमा उसले ऋषिलाई आएर जानकारी दियो ।

ऋषि आवेशमा आए र श्राप दिए, “तैँले मेरो वचन भङ्ग गर्दै यस अपवित्र चुच्चोबाट पवित्र अमृत भ्रष्ट गरिस् । त्यसैले प्राणीमात्रमा अबदेखि तँलाई घृणास्पद पक्षी मानिनेछ । अशुभ पक्षी मानेर मानवजातिले सधैँ तेरो निन्दा गर्नेछ । तर तैँले अमृत पान गरेको छस्, त्यसैले तेरो स्वाभाविक मृत्यु कहिल्यै हुने छैन । तँलाई कुनै रोग लाग्ने छैन र वृद्धावस्था पनि आउने छैन । पितृश्राद्धको सोह्र दिन तँलाई पितृको प्रतीक सम्झेर आदर गरिने छ ।”

यति भनेर ऋषिले आफ्नो कमण्डलुको कालो पानीमा त्यस कागलाई डुबाइदिए । काग सेतोबाट कालो बन्यो । त्यसै बेलादेखि काग कालो बनेको धार्मिक मान्यता छ ।

हिन्दुधर्ममा श्राद्धपक्षको समयमा कागहरुको विशेष महत्व हुन्छ । पितृलाई खुवाउनुभन्दा पहिला कागलाई खुवाउने गरिन्छ । व्यक्ति मरेपछि सबैभन्दा पहिला कागको रुपमा जन्म लिन्छ भन्ने मान्यता अनुसार नै कागलाई खुवाउँदा पितृले पाउँछन् भन्ने गरिन्छ ।

ज्योतिषशास्त्रअनुसार कसैको कुण्डलीमा पितृदोष छ भने बिहानबिहान पानीमा रोटी भिजाएर कागलाई दियो भने सन्तान सुखमा आइपर्ने बाधा हटेर जान्छ ।

दोस्रो प्रसङ्ग

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो खान दिई खुसी पार्ने गरिएको हो ।

लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत रहेको छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ । काग मानिसका नजिकका साथी पनि हुन् ।’ त्यसैले कागको मासु कहिल्यै खाइँदैन । “काकेन दधि भक्षितम्” अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराज समक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही भात खुवाउने प्रचलन रही आएको छ ।

तेस्रो प्रसङ्ग

रामायणमा एउटा घटना उल्लेख छ – जसअनुसार श्रीराम सीताको कपालमा फूल सिउरिँदै थिए । यो दृश्यले इन्द्रपुत्र जयन्तलाई ईष्र्या लाग्यो । ईष्र्यावश उनले कागको रुप धारण गरे र सीताको खुट्टामा ठुँगे । रामले सजाय दिनका लागि उनीमाथि वाण चलाए । इन्द्रले माफी मागेपछि बाणले जयन्तको एउटा आँखामात्रै फुट्यो । त्यसै बेलादेखि कागलाई एकाक्षी मानिन्छ ।

वैज्ञानिक मान्यता स्
हिन्दु संस्कृतिमा कागको पूजा गर्नुको पर्यावरणीय कारण पनि छ । हिन्दुहरु मूर्तिपूजकमात्रै नभएर प्रकृति पुजक पनि हुन् । प्रकृतिलाई ठिकढंगले चलायमान बनाइराख्न विभिन्न पशुपंक्षी वनस्पतिले भूमिका खेलेको हुन्छ । कागले पनि सिनो, फाहोर, फालेको खानेकुरा खाएर वातावरण सफा बनाउन मद्यत गर्छ । यसकारण कागको महत्व वातावरण सफा बनाउनुसँग सम्बन्धित छ ।

वैज्ञानिकहरु कागलाई उम्दा चतुर पक्षीमा गन्छन् । अमेरिकी युनिभर्सिटी अफ वासिङ्गटनका शोधकर्ताहरुको भनाइमा कागले आफूलाई भय उत्पन्न गर्ने अनुहारलाई पाँच वर्षसम्म याद राख्न सक्छ । कागले आफूले सुरक्षित राखेको भोजनका बारेमा पनि याद राख्छ ।

नेपालमा कागको प्रजाति स्
शनिवदेको वाहन भनेर चिनिएका कागलाई घरकाग, कालोकाग ९वनकाग०, टेमु, टुंगा र राजाकाग भनेर नामकरण गरिएका छन् । तराई र मध्यपहाडसम्म घरकाग ९घाँटीमा फुस्रो–फुस्रो हुन्छ० सबैभन्दा बढी पाइन्छन् । घरकागले मानिसको सामिप्यबाट फाइदा लिन्छ । ऊ मानिससँग आश्रित हुन्छ । कसैको करेसाबारीमा निश्चित उचाइको रूख छ भने उसले गुँड लगाइहाल्छ ।

वनकाग पूरै कालो हुन्छ । यसको ठोंड ठूलो र मजबुत हुन्छ । वनकाग दुई प्रजातिका हुन्छन्( ‘पहेंलो ठोंड भएका टेमु र रातो ठोंड भएकालाई टुंगा भनिन्छ । टेमु ३५०० देखि ८२३५ मिटर उचाइसम्ममा भेटिन्छन् । संसारमै सबैभन्दा उचाइमा बाह्रैमास रैथाने भएर बस्ने चरा प्रजाति टेमु हुन् । टुंगाले ३५०० देखि ७२५० मिटरसम्मलाई वासस्थान बनाएका हुन्छन् ।

त्योभन्दा माथि पुगेपछि राजाकाग पाइन्छ । यसको तौल घरकागभन्दा दोब्बर हुन्छ । राजाकागको तौल एक किलोग्रामजति हुन्छ । पाँच प्रजातिका कागको आ–आफ्नै विशेषता छन् । राजाकागबाहेक चार प्रजातिका काग बथानमा बस्छन् । बथानमै रमाउँछन् । तर, राजाकाग बथानमा बस्दैन । राजाकाग दुई वा तीनवटासम्म देख्न सकिने चराविद् डा। हेमसागर बराल बताउँछन् ।

कागतिहारको दिन सामाजिक सञ्जालमा ‘कागजस्तै बाठो हुनू’ भनेर शुभकामना दिनेको कमी छैन । कसैले ‘गीत गाउँदा कागजस्तै मीठो स्वरमा गीत गाउने सबै साथीलाई कागतिहारको शुभकामना’ भनेका छन् । कतिपयले सामाजिक सञ्जालमा ‘काग दाजै काग दाजै पीपल झारिदेऊ, कागिनी भाउजूलाई गुन्युचोलो देऊ’ शीर्षाकृत गीत लेखेर कागलाई सम्झेका छन्

साभारhttps://www.sallerikhabar.com/archives/83573

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.