Open Khabar
inside Article Bleow Menu Single Page

म बालक विद्यार्थी (राजु नेपाल)

कविता

 

आमा मेरी खुला मनकी खानी
बाबा मेरा कर्ण सरी दानी
पाउछु आमाको सागर सरि माया
बस्छु बाबाको सधै छत्र छाँया

Before Header

समझन्छु बाबाले ताते सारेको
विर्सन्न आमाले माममाम गरेको
पुज्छु सधै म कत्ति नविर्सियर
जिवित देवता हुन यी दुवै मेरा

दादासँगै म खेल्न दौडन्छु
दिदिको काखमा लुटपुटिन्छु
रम्छु सधै म आनन्द मानी
स्वर्ग यही हो साथी मेरा लागि

सानो झोला साथमा कपि कलम बोकेर
राम्रो लुगा लगाई कपाल नि कोरेर
विद्यालय जान लागें जब पुगे तीन वर्ष
कत्ति धेरै रमाईलो मनमा लाग्यो हर्ष

विद्यार्थी म हुँ विद्यालय जान्छु
गुरुका समिपमा ज्ञानार्जन गर्छु
नबुझेका कुरा चासो गरि सोध्छु
दिएको पाठलाई कपिमा पोख्छु

झर्को नमान्ने अल्छी नगर्ने
सधै माया गरि सधै मीठो बोल्ने
अथाह भण्डार राख्दछन ज्ञान
बोल्ने देवता गुरु छन महान

कर्तव्य पूरा गरी परिवार बदल्छु
जन्म भूमिलाई माता सरि ठान्छु
आफ्नो समाजलाई बदलेर साथि
देश विकासमा जान्छु माथि माथि

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.