Open Khabar
Before Header

चेतना (ओजस्वी सुवेदी)

चेतन नभएको प्राणी त पक्कै हैन मानिस। अचेत हुनु भनेको त कि होस् हर‌ाएसी हो कि प्राण नरहेपछी। यहि चेतनाले त बनाउँछ मानिस र भर्छ उस्मा मानवता। बुद्धीहीन प्राणी पनि अवस्यै हैन मानिस किनकी उसको चेतनले मस्तिष्कलाई यसरी तर्क गर्न सिपालु बनाएको छ, संसारकै सर्वोत्कृस्ट प्राणी कहलाउँछ। तर आफ्नै मस्तिष्कले खेल्ने खेलौना बनेपछी त्यस चेतनालाई आफूभित्रै कैद गरी यस २१सौँ शताब्दीको ुमोर्डन म्यानु जन्मिएको छ।

मानिसलाई चेतना छ आफ्नो ब्याङ्क व्यालेन्स बढाउन तर यस्को चेतना छैन कि उसको घरमा पनि व्यालेन्स चाहिएको छ।
मानिसलाई चेतना छ, सत् प्रतिशत् चार्ज भएको मोबाइल उसले चलाइरहँदा ब्याट्री डेड हुन्छ र पुनः चार्ज गर्न चार्जर चाहिन्छ तर यस्को चेतना छैन कि उसको बुढी आमाको पनि चार्ज सकिँदै छ र उनको ब्याट्री फुल पार्ने त चार्जर पनि बनेको छैन, कहाँ छ र उसलाई यसको चेतना१
मानिसलाई चेतना छ, ट्याक्स कम तिर्न ऊ लाखौँको डोनेसन दिन तयार छ १ तर १० रुपैँया माग्न आएको माग्नेलाई हातले छोइएलाकी भनेझैँ गरी नजरले धकालेको चेतना खै तरु
मानिसलाई चेतना छ, शोशल मिडियामा टन्नै फलोवर्स बनाएर समाज कल्याण हुने इस्ट्याटस् लेख्न आउँछ उसलाई तर आफ्नै भाइबहिनीले फलो गर्न नसक्ने मात चढेको उसको आचरणको चेतना छैन उसलाई।

Before Header

मानिसलाई चेतना छ, मन्दिर गएर आफ्नो अभिष्ट र मनोकाङ्छ्याको सुचि भगवान सामू पस्किन्छ ऊ, तर आफूसँग जोडिएको उसको परिवार समाज अनि राष्ट्रप्रतिको कर्तव्यको अलिकति पनि चेतना किन छैन उसलाईरु
खै कता गयो उसको चेतना आफू भन्दा बाहेक दोस्रो एकको हीतमा समेत सोच्न नसक्दा १ यत्रो चेतना भएको मानिस अचेत त पक्कै हैन, तर यत्रो अचेत भएका चेतना बोक्ने मानिस चेतनशील पनि होइन।

Before Samachar
थप समाचार
1 Comment
  1. Sambridhi says

    Dammi ojaswi ❤..nisabda bhaye ma

कमेन्ट गर्नुहोस

Your email address will not be published.