Open Khabar
Before Header

कबिता शीर्षक : “कुलमान” (सिताराम लामिछाने)

कुन घरमा जन्म लियौ , कुन होत्यो कुलको
मृग नाभि सुगन्धको झै, रुख कुन हो फुलको
दिन रात उस्तै छ उज्याला, कुलमान पारसमणि
निडर, शालिन,कुसलको, दरबिला हुन ति छडि
जन बिश्वास छ उनी प्रति, सदा हृदय छ उन्नति
तर देशमा यो घिनलाग्दो, नेताहरुको राजनिती
कोहिला र हिरा छुटयाउन, सक्छन अब जनले
उज्यालोको प्रतीक हो , कुलमान सबको मनले
थाहा पाइ पाइ डाढले, रिस गर्देछन नेता ब्यापारी
निस्कदैछ उज्यालो झन, अध्यारोको पलट खारि
आज देशले सपुत पायो, बुध्द भुमि यो देश भित्र
अन्धकार छेढदै आज, उज्यालो पस्यो छिद्र छिद्र

लेखकः

Before Header

सिताराम लामिछाने
नुवाकोट (हाल काठमार्डां)

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.