Open Khabar
Before Header

गजल (मुस्कान “मुस्कान”)

Before Header
सजिलै मनुष्य मार्ने बन्दुकको गोली हुन्छ।
तड्पाई-तड्पाई मार्ने हतियार बोली हुन्छ।
बिश्वभर दमदार पावर खैं केको हुन्छ भन्नु,
हाँसी-हाँसी फसाउने नारीको चोली हुन्छ।
गोर्खेको छिमेकी राष्ट्र ईमान्दार भएर बस्नु,
सिमा दायाँ,बायाँ भए रगतको होली हुन्छ।
दुनियाँको गास काटेर लुटेको पैसाले पुग्दैंन,
बिस्तारै नतिजा खोल्ने ईश्वरको टोली हुन्छ।
धन कमाउने रहरले मैले पनि भोगेर आको,
बिदेशमा आँसु र पसिनाको त खोली हुन्छ।
पुरा होस् चाहे नहोस्  मनमा रहर पाल्नु त पर्यो।
बुढासुब्बा मन्दिरमा दुई,चार दियो बाल्नु त पर्यो।
मालिकको बैंकमा लालपुर्जा धितो राखेर आए,
घाम,पानी लाग्दा ओत लाग्ने घर टाल्नु त पर्यो।
बुढा,बुढी भएका माता,पितालाई पाल्नको लागि,
बगरको त्यो तातो घाममा बालुवा चाल्नु त पर्यो।
उ मनाङ,मुस्ताङ बाट आउदै गरेको भरिया हो,
भरियालाई सितल नदिने रुखहरु ढाल्नु त पर्यो।
बिन्ती गर्दा-गर्दै निष्ठुरीले छाडेर गएपछि के गर्नु,
उनको याद र तस्बिरहरु पानीमा फाल्नु त पर्यो।
नाम- मुस्कान “मुस्कान”
धनकुटा,पाख्रीबास
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.