Open Khabar
Before Header

रिमा भट्टराईको कृति “मेरो बुबा”, एक समिक्षा( भानुभक्त ढकाल

भानुभक्त ढकाल  पुस्तक विमोचन कार्यक्रमको निम्तो पाए पछि म युवा परिषद कार्यालय,सानोठिमी पुगे।नव लेखिका रिमा भट्टराईको प्रथम पुस्तकाकार कृति “मेरो बुबा” को बिमोचन हुँदै थियो ।एक प्रती मेरो हात लाग्यो ।सरसर्ती पढे ।त्यसपछि पुस्तकको बारेमा केही लेख्नु पर्छ भन्ने लाग्यो।

Before Header

पुर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले शुभकामना सन्देशमा “आफ्नो ईतिहास,उत्त्पती र सस्कृतिबारे ज्ञान नभएको व्यक्ति जराबिनाको रुख जस्तै हो भन्ने मार्कस गार्भेको भनाई उद्घृत गरेका छ्न् ।” आमाको बारेमा धेरै लेखिन्छ,पढिन्छ तर बुबाको बारेमा तुलनात्मक रुपमा धेरै कम नै लेखिन्छ।लेखकीय हिसाबले कलिली लेखिका भट्टराईले बुबाको बारेमा लेख्ने जमर्को गरेकी छिन् ।

बुबालाई केन्द्रमा राखेर परिवार र पारिवारिक सम्बन्धको विवेचना गर्दै लेखिकाले आमाको बराबर नै बुबाको महत्व हुने कुरा प्रष्टयाउन खोजेकी छिन्।पुस्तकमा रिमाले समाजको दृष्टिकोण,जात धर्म प्रतिको विभेद ,लैङ्गिक विभेद जस्ता विषयलाई उठान गरेकी छिन् ।मानविय दुस्ख,पीडा,खुशी र मान्छेको महत्व जस्ता विषय पुस्तकमा समाविष्ट छ्न् ।

Bleow Covid

महिलाका समस्या,देशका आन्तरिक समस्या,साथी संगतको प्रभाव,गाउँ घरका याद ,शिव दर्शन भक्ति ,कुलथानी उत्पत्ति ,बाबाको भोगाई र विचार लगायतका विषय पुस्तकमा रहेका छ्न्।बाल्यअवस्था देखि अहिलेसम्म आफ्नो जिवनमा आएका उतारचढावलाई रिमाले लेख्ने कोशिस गरेकी छ्न्।

डिजिटल प्रविधीले पढ्ने बानी घटिरहेको अवस्थामा युवा लेखिकाले पुस्तक प्रकाशित गरेर अप्रत्यक्ष रुपमा लेख्ने र पढ्ने बानीको विकास गर्न अनुरोध गरेकी छिन् ।पुस्तकमा केहि कमि कमजोरी छ्न् ,भविष्यमा सच्चिदै जाने अपेक्षा गर्दछु ।लेखिकालाई अझ राम्रो लेख्दै जाने प्रेरणा र मनोबल मिलोस् । मेरो तर्फबाट धेरै धेरै शुभेच्छा ।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.