Open Khabar
inside Article Bleow Menu Single Page

हामी नेपालको साधारण सभा सम्पन्न, लन्च भयो वेब–साइट

INside Content

युवा नेतृत्वमा रहेको गैर नाफा मूलक संस्था हामी नेपालले भक्तपुरको होटल भादगाउँमा आफ्नो पहिलो वार्षिक साधारण सभा सफलता पूर्वक सम्पन्न गरेको छ । सन् २०१५ मा स्थापना भएदेखि नै सामाजिक कार्यहरुमा सहयोग गर्दै आएका आफ्ना स्वयंसेवक तथा शुभचिन्तकहरूलाई सम्मान गर्ने साधारण सभाको मुख्य उद्धेश्य थियो।

उक्त साधारण सभामा, समस्यामा परेकाहरुलाई निःस्वार्थ रूपमा सेवा गर्ने संस्थालाई निरन्तर मद्दत गर्दै आइरहेका बार्बरा फाउण्डेशनका अध्यक्ष डा. सन्दुक रुइत, इन्फिनिटी होल्डिंग्सका अध्यक्ष दीपक भट्ट  तथा निर्देशक उपेन्द्र हिरावत, शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाल तथा प्रबन्ध निर्देशक साहिल अग्रवाल, लगायत अतिथिहरुलाई हामी नेपालले सम्मान गरेको थियो।

Before Header

संस्थाले दान गरिएको रकम र संस्थाको सबै खर्चलाई पारदर्शी बनाउने उद्देश्यले आफ्नो वेबसाइट पनि शुरु गरेको छ ।

वेबसाइटको लन्चसँगै संस्था थप विश्वशनीय हुनेछ  र यसले सबै दाताहरूलाई उनीहरुको सहयोग रकमको हिसाब–किताब राख्न सजिलो हुने संस्थाका अध्यक्ष सुदन गुरुङले बताएका छन् । यो वेब साइटमा दाताहरूले विगतमा भएका र वर्तमानमा चलिरहेका परियोजनाहरूको बारेमा पनि जानकारी लिन सक्ने उनले बताए ।
हामी नेपाल ‘ जनताद्वारा जनताका लागि ’ भन्ने भनाइलाई व्यवहार मा उतार्ने संस्था हो ।

 

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.