Open Khabar
inside Article Bleow Menu Single Page

पहिलो पटक कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य, २१३ संक्रमित थपिदा २९६ डिस्चार्ज

पछिल्लो २४ घण्टाको कोरोना अपडेट

माघ १५, २०७७
 
Before Header
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा पहिलो पटक एकजना पनि कोरोना संक्रमितको मृत्यु भएको छैन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारको यो तथ्यांक कोरोना संक्रमण दर उच्च भए यताकै शून्य हो।
 
हालसम्म नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या दुई हजार २० पुगेको थियो। बितेको २४ घण्टामा तीन हजार ७९१ जनाको पीसीआर परीक्षण गरिएकोमा थप २१३ जना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या दुई लाख ७० हजार ५८८ पुगेको छ भने हाल ३ हजार २०३ जना सक्रिय संक्रमित रहेका छन्।
 
त्यस्तै, सोही अवधिमा २९६ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ६५ हजार ३६५ पुगेको छ। हाल क्वारेन्टिनमा ११३ जना छन् भने आइसोलेसनमा तीन हजार २०३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हिजो बुधबारदेखि कोरोना भाइरस विरुद्धको खोप अभियान पनि शुरु भइसकेको छ।
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.