Open Khabar
inside Article Bleow Menu Single Page

देशभर ३३०९ जना कोरोना संक्रमित थपिँदा ३० जनाको मृत्यु, ३८४४ जना डिस्चार्ज

सोहन राई
कार्तिक १९, २०७७
Before Header
 
काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ३ सय ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १ हजार ३ सय ४ महिला र २ हजार ५ पुरुष गरि ३ हजार ३ हजार ९ जनामा संक्रमण पुष्टि भएको हो।
 
नेपालमा पछिल्लो २४ घण्टामा १३ हजार १ सय ४४ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ३ सय ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको छ। यस्तै, नेपालमा संक्रिय संक्रमितको संख्या ३६ हजार ९ सय ११ पुगेको मन्त्रालयले जनाएको छ।
 
त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ३० जनाको मृत्यु भएको छ। हालसम्म नेपालमा १ हजार ३४ जनाको कोरोनाका कारण ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै, पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ४४ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। हालसम्म नेपालमा १ लाख ४४ हजार ९ सय ७८ जना कोरोना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ।
 
स्वास्थ्य मन्त्रालयका अनुसार हाल आइसोलेशनमा ३६ हजार ९ सय ११ जना छन् भने क्वारेन्टाइनमा १ हजार ३ सय ५ जना रहेका छन्। त्यसैगरी ३९७ जनाको आईसीयू र ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। त्यस्तै, हालसम्म १४ लाख ९४ हजार १२२ वटा पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.