Open Khabar
inside Article Bleow Menu Single Page

पछिल्लो २४ घण्टामा थपिए ३११४ कोरोना संक्रमित, २० जनाको मृत्यु ३१४२ जना डिस्चार्ज

सोहन राई
कार्तिक १८, २०७७
Before Header
 
काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ३११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशका बिभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३११४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
 
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ। त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण थप २० जनाको मृत्यु भएको छ। यो संगै कोरोना संक्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्या एक हजार चार पुगेको मन्त्रालयले जनाएको छ।
 
त्यस्तै पछिल्लो २४ घण्टामा थप ३१४२ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ४१ हजार १३४ पुगेको छ। हाल आइसोलेशनमा ३७ हजार ४७६ जना रहेका छन् भने क्वारेन्टाइनमा १२७७ जना रहेका छन्। हालसम्म १४ लाख ८० हजार ९७८ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.