Open Khabar
inside Article Bleow Menu Single Page

गएको २४ घण्टामा थपिए २९३३ जना कोरोना संक्रमित, २४ जनाको मृत्यु ३१५० जना डिस्चार्ज

सोहन राई
कार्तिक १७, २०७७
Before Header
 
काठमाडौं – गएको २४ घण्टामा देशभर थप २ हजार ९ सय ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा ११७६ महिला र १७५७ पुरुष गरि थप २ हजार ९ सय ३३ जनामा संक्रमण पुष्टि भएको हो।
 
सोमबारको नियमित प्रेस ब्रिफिङकमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गएको २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएका १३ हजार ४ सय ४६ को पिसीआर परीक्षणमा उक्त सङ्ख्यामा संक्रमण पुष्टि भएको बताए। योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ७६ हजार ५ सय पुगेको डा. गौतमले जनाए।
 
त्यसैगरी गएको २४ घण्टामा थप २४ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ९८४ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए। त्यस्तै, गएको २४ घण्टामा मात्र ३१५० जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। अहिलेसम्म निको हुनेको सङ्ख्या एक लाख ३७ हजार ९ सय ९२ रहेको छ।
 
डा. गौतमका अनुसार देशभर ३७ हजार ५२४ सक्रिय संक्रमित छन्। उनीहरुमध्ये ३० हजार ९२४ जना होम आइसोलेसनमा छन् भने ३४७ जनाको आईसीयू र ७४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। त्यस्तै, सोमबार काठमाडौँ उपत्यकामा मात्रै १ हजार ६३० संक्रमित भएका छन्। कोरोना संक्रमित हुनेहरुमा काठमाडौंबाट १ हजार ३ सय २९, ललितपुरबाट १ सय ९३ र भक्तपुरबाट १ सय ८ जना रहेका छन्।
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.